English

वडाको सिफारिस लिन ६ घण्टा पैदल



काठमाडौं । कतिपय जिल्लामा अझै पनि त्यस्ता स्थान छन् जहाँ सहजरूपमा आवतजावत गर्न सक्ने अवस्था छैन। त्यस्तै अवस्था भोग्न बाध्य छन् तनहुँको देवघाट गाउँपालिका-२ का बासिन्दा। उनीहरू सामान्य कामका लागि पनि ६ घण्टा हिँडेर वडा कार्यालय पुग्नुपर्छ। यो उनीहरूको बाध्यता हो।

वडाका सबै बासिन्दालाई पायक पर्ने गरी सोही वडाको ब्यागनमा वडा कार्यालय राखिए पनि भौगोलिक विकटताका कारण सेवाग्राहीले लामो समय हिँडेर सेवा लिनुपर्ने अवस्था छ। मास्दीघाट, खाल्टे, कालीको तीर, छेराङ डि डाँडा, घण्टाचुलीलगायतका बासिन्दाले वडा कार्यालय पुग्न मात्रै करिब छ घण्टा हिँड्नु पर्छ।

सडकको सुविधा भए पनि सवारीसाधान त्यति नचल्दा हिँडेरै वडा कार्यालय जानु र आउनुपर्दा कठिनाइ भोग्नुपरेको कालीको तीरबाट सेवा लिन आएका खमबहादुर मल्ल बताउँछन्। ‘आफ्नो सवारीसाधन हुनेलाई त केही सहज हुन्छ तर आफ्नो साधन नहुनेले दिनै बिताएर सेवा लिन जान बाध्य भएका छौँ’, उनी भन्छन्।

कुनै सामान्य सिफारिसका लागि पनि लामो समय खर्चिनुपर्ने अवस्थाले सेवाग्राहीलाई सेवा लिन सहज नभएको उनको गुनासो छ। वडाका प्रायजसो बासिन्दालाई वडाबाट प्रदान गरिने सेवा लिनका लागि एक दिन खर्चिनुपर्ने मानिसका लागि सामान्य जस्तै बनेको वडाध्यक्ष पोलबहादुर आलेले बताए।

‘त्यहाँका बासिन्दालाई बानी नै परिसकेको छ,’ उनले भने, ‘एक दिन वडा कार्यालयबाट कागजात मिलाएर अर्को दिन जिल्लामा आएर काम सल्टाउने गरेका छन्।’ वडा कार्यालयबाट योजना निर्माणसम्बन्धी, जनजाति प्रमाणित, नागरिकता प्रमाणपत्र, विवाहित, अविवाहित, जन्मदर्ता मृत्यु दर्ता, ठेगाना प्रमाणितलगायत सेवा प्रदान गर्ने गरिएको वडाध्यक्ष आलेले बताए।

साविकको गोटा गाविसको वडा नं ४, ५, ६, ७ र साविकको बैदी गाविसको वडा नं ४, ५, ६, ७, ८, ९ का दुर्गम १० वटा वडालाई हालको देवघाट गाउँपालिका-२ बनाइएको उनले जानकारी दिए। वडा कार्यालयमा विद्युत्को पहुँच पुग्न नसकेका कारण एक किलोवाट सोलार पावरको प्रयोग गरी कार्यालयबाट सेवा प्रदान गरिँदै आइएको वडाध्यक्ष आलेको भनाइ छ।

उनका अनुसार दैनिक ४० देखि ५० जनासम्म सेवाग्राही कार्यालयमा सेवा लिन आउने गरेका छन्। उक्त वडामा ६०० घरधुरी बासिन्दा रहेको सो वडा कार्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested