English

उदयपुर सिमेन्ट उद्योगको उत्पादन र बिक्री बढ्यो



देशकै ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन र बिक्री बढेको छ । पटक–पटक विविध कारणले बन्द हुँदै र खुल्दै आएको उद्योगले २०७७ माघ १ देखि ०७८ पुस मसान्तसम्म उत्पादन र बिक्री परिणाम बढाएको हो ।

कोइला तथा कच्चापदार्थ अभावका कारणले बन्द प्रायः रहेको उद्योगमा आवश्यक व्यवस्थापन गरी सञ्चालनमा ल्याउँदा बेग्लै नतिजा पाइएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । ‘म आउँदा उद्योग लगभग बन्दप्रायः अवस्थामा थियो,’ उनले भने– ‘तत्काल व्यवस्थापन गरेर २०७७ माघ महिनादेखि नै सुचारुरूपमा सञ्चालन गरेँ ।’

उद्योगका अनुसार ०७७ माघ १ देखि ०७८ पुस मसान्तसम्म १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको सिमेन्ट बिक्री भएको छ । साथै, एक वर्षभित्र १ लाख ४ हजार १ सय ८५ मेट्रिक टन क्लिंकर उत्पादन भएको छ भने १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री भएको महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, उद्योगले चालु आर्थिक वर्षमा ५० हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ६० हजार ६ सय ५५ मेट्रिक टन क्लिंकर उत्पादन भएको उद्योगले जनाएको छ । यो लक्ष्यभन्दा २०.८३ प्रतिशत बढी हो ।

यसैगरी, यही वर्षमा ७ लाख ९९ हजार ९ सय २० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै ९ लाख २ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

‘हामीले जुन लक्ष्य राखेका थियौं, त्योभन्दा बढी क्लिंकर, सिमेन्ट उत्पादन गर्न सफल भएका छौं,’ उनले भने, ‘गत वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका टरले उत्पादन हुन्थ्यो तर, मर्मत सम्भारपश्चात् यस आर्थिक वर्षमा प्रतिघण्टा ४३ मेट्रिक टनका दरले उत्पादन हुन थालेको छ ।’
साथै, उद्योगले कर्मचारी व्यवस्थापनदेखि भौतिक पूर्वाधारका क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको जनाएको छ ।

यो पनि
सात कम्पनी कालोसूचीमा, तीन वर्षसम्म काम गर्न नपाउने
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested