English

उदयपुर सिमेन्ट उद्योगको उत्पादन र बिक्री बढ्यो



देशकै ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको उत्पादन र बिक्री बढेको छ । पटक–पटक विविध कारणले बन्द हुँदै र खुल्दै आएको उद्योगले २०७७ माघ १ देखि ०७८ पुस मसान्तसम्म उत्पादन र बिक्री परिणाम बढाएको हो ।

कोइला तथा कच्चापदार्थ अभावका कारणले बन्द प्रायः रहेको उद्योगमा आवश्यक व्यवस्थापन गरी सञ्चालनमा ल्याउँदा बेग्लै नतिजा पाइएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए । ‘म आउँदा उद्योग लगभग बन्दप्रायः अवस्थामा थियो,’ उनले भने– ‘तत्काल व्यवस्थापन गरेर २०७७ माघ महिनादेखि नै सुचारुरूपमा सञ्चालन गरेँ ।’

उद्योगका अनुसार ०७७ माघ १ देखि ०७८ पुस मसान्तसम्म १ अर्ब २८ करोड ५७ लाख ८७ हजार रुपैयाँ बराबरको सिमेन्ट बिक्री भएको छ । साथै, एक वर्षभित्र १ लाख ४ हजार १ सय ८५ मेट्रिक टन क्लिंकर उत्पादन भएको छ भने १९ लाख ६९ हजार ३ सय ८३ बोरा सिमेन्ट बिक्री भएको महाप्रबन्धक न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, उद्योगले चालु आर्थिक वर्षमा ५० हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य लिएको थियो । पुस मसान्तसम्म ६० हजार ६ सय ५५ मेट्रिक टन क्लिंकर उत्पादन भएको उद्योगले जनाएको छ । यो लक्ष्यभन्दा २०.८३ प्रतिशत बढी हो ।

यसैगरी, यही वर्षमा ७ लाख ९९ हजार ९ सय २० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, पुस मसान्तभित्र नै ९ लाख २ सय मेट्रिक टन सिमेन्ट उत्पादन भएको प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

‘हामीले जुन लक्ष्य राखेका थियौं, त्योभन्दा बढी क्लिंकर, सिमेन्ट उत्पादन गर्न सफल भएका छौं,’ उनले भने, ‘गत वर्ष सिमेन्ट मिलबाट प्रतिघण्टा २० मेट्रिक टनका टरले उत्पादन हुन्थ्यो तर, मर्मत सम्भारपश्चात् यस आर्थिक वर्षमा प्रतिघण्टा ४३ मेट्रिक टनका दरले उत्पादन हुन थालेको छ ।’
साथै, उद्योगले कर्मचारी व्यवस्थापनदेखि भौतिक पूर्वाधारका क्षेत्रमा समेत उल्लेख्य सुधार गरेको जनाएको छ ।

यो पनि
सात कम्पनी कालोसूचीमा, तीन वर्षसम्म काम गर्न नपाउने
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित