English

सात कम्पनी कालोसूचीमा, तीन वर्षसम्म काम गर्न नपाउने



प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । ६ माघदेखि लागू हुनेगरी अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो ।

‍कालोसूचीमा रहेका कम्पनीले राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरूमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको वरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, विज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि छन् ।

यो पनि
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो
सेयर बजारमा दोहोरो अंकको वृद्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको