English

यसरी लगाउनुस् फाउन्डेसन



शर्मिला खड्का, मेकअप आर्टिस्ट

फाउन्डेसनलाई मेकअपको आधार भनिन्छ । मेकअपको आधार नै फाउन्डेसन भएकाले मेकअपको सौख नभएकाहरुलाई पनि फाउन्डेसनको बारेमा थाहा हुन्छ । आफ्नो स्किन टोनसँग मिल्ने फाउन्डेसन लगाउनु पर्छ, नभए यसले पुरै मेकअप नै बिगारी दिन सक्छ । फाउन्डेसन सही तरिकाले लगाउने हो भने निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

डटिङ टेक्निक अपनाउनुहोस्

फाउन्डेसन लगाउने सही तरिका भनेको डटिङ टेक्निक नै हो । तपार्इं धेरै हतारमा हुनुहुन्छ भने पनि फाउन्डेसनको थोपा अनुहारमा राखेर सुरुवात गर्नुपर्छ । यसो गर्दा तपाईंलाई फाउन्डेसन ब्लेन्ड गर्न सजिलो हुन्छ र एक समान देखिन्छ । यो टेक्निक अपनाउँदा धेरै समय लागेको जस्तो भए पनि यसले समग्रमा तपाईंको समय वचत गर्छ ।

पुरै अनुहारभरि फाउन्डेसन लगाउनुको साटो बिचबिचबाट ब्लेन्ड सुरु गरेर सबैतिर फैलाउनु पर्छ । नाकको वरपर र निधारमा फाउन्डेसन लगाउनुहोस् र ब्लेन्ड गर्नुहोस् । पुरा अनुहारमा फाउन्डेसन लगाउँदा त्यो भद्धा देखिन सक्छ ।

ब्युटी ब्लेन्डरको प्रयोग

फाउन्डेसन लगाउँदा हातको प्रयोग गर्नु हुदैन । किनकी हातमा यो राम्ररी फैलिदैन । ब्युटी ब्लेन्डरको प्रयोग गर्दा फाउन्डेसन राम्ररी फैलिन्छ । ब्लेन्डरलाई प्रयोग गर्नुभन्दा अघि हल्का भिजाउन बिर्सिनु हुन्न, नभए यसले सबै फाउन्डेसनलाई सोस्न सक्छ । फाउन्डेसन लगाउँदा राम्ररी ब्लेन्ड होस्, राम्ररी फैलियोस् भन्ने चाहनु हुन्छ भने पञ्जा या ब्लेन्डरको प्रयोग गर्नुहोस् ।

ब्रसको प्रयोग

यदि तपाई ब्रसको प्रयोगले फाउन्डेसन लगाउन चाहनु हुन्छ भने राम्रो क्वालिटीको ब्रस किन्नुहोस् । नराम्रो क्वालिटीको ब्रसको प्रयोग गर्नु भयो भने ब्रसको डाम अनुहारमा बस्न सक्छ । बजारमा फाउन्डेसन लगाउनकै लागि ब्रस पाइन्छ, त्यसको प्रयोग गर्दा फाउन्डेसन राम्ररी फैलिन्छ र ब्रसको डाम पनि बस्दैन ।

आँखाको तल फाउन्डेसन कम मात्र लगाउनुहोस् । आँखाको तल कन्सिलरको प्रयोग गरेर तपाई राम्रो बेस पाउन सक्नु हुन्छ ।

थप्थपाएर लगाउने

फाउन्डेसनलाई ब्लेन्ड गर्न थप्थपाउनु पर्छ । मोस्चराईजर क्रिमको जस्तो हातले फैलाएर लगाउनु हुदैन । यदि तपाई फाउन्डेसन राम्ररी लगाउनु हुन्छ भने पुरै मेकअप एकछिनमै हुन्छ । त्यसैले फाउन्डेसन लगाउँदा हतार गर्नु हुँदैन । फाउन्डेसनको सबै डटलाई थप्थपाएर लगाउनु पर्छ ।

पुरा अनुहार नढाक्ने

पुरै अनुहारभरि फाउन्डेसन लगाउनुको साटो बिचबिचबाट ब्लेन्ड सुरु गरेर सबैतिर फैलाउनु पर्छ । नाकको वरपर र निधारमा फाउन्डेसन लगाउनुहोस् र ब्लेन्ड गर्नुहोस् । पुरा अनुहारमा फाउन्डेसन लगाउँदा त्यो भद्धा देखिन सक्छ । तर ‘ज लाइन’ र ‘हेयर लाइन’मा पनि फाउन्डेसन लगाउनु पर्छ । यसले तपाईंको अनुहार र अन्य भाग फरक देखिदैन ।

केही भाग छाड्ने

आँखाको तल फाउन्डेसन कम मात्र लगाउनुहोस् । आँखाको तल कन्सिलरको प्रयोग गरेर तपाई राम्रो बेस पाउन सक्नु हुन्छ । दाग धब्बाहरूलाई फाउन्डेसनले छोप्ने प्रयास गर्नु हुदैन, त्यसको लागि स्पट करेक्टर तथा कन्सिलरको प्रयोग गर्नुपर्छ ।

सुमित्रा लुइटेलसंगको कुराकानीमा आधारित ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested