English

मोटोपनका कारण र समाधानका उपाय



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा २८ लाख मानिसको मृत्यु मोटोपनको कारणले हुने गरेको बताएको छ। संगठनको भनाइमा सन् २०२५ सम्म २७ लाख युवाहरूमा मोटोपनको समस्या हुने सम्भावना छ। मोेटोपनसम्बन्धी केही जानकारी थाहा पाऔं।

गलत खानपान

धेरै मानिसले दैनिक गलत खानपान र जीवनशैलीको कारणले मोटोपन हुन्छ भनेर बुझ्ने गरेका छन्। मोटोपन प्रायः फास्टफूड र व्यायामको कमीले हुन्छ। यसका साथै अन्य कारणहरू पनि छन्। जस्तैः अनिन्द्रा, तनाव जीवनशैली, औषधिको प्रयोग, पारिवारीक इतिहास र हार्मोनल समस्याहरूले गर्दा पनि मोटोपन हुन्छ।

मोटोपन नभएमा अन्य रोग लाग्दैन

मोेटोपन घट्दैमा अन्य रोग निको हुन्छ भन्नु गलत हो। तर, मोटोपन बढेपछि अन्य रोगको जोखिम पनि बढ्छ। जस्तैः मधुमेह, हृदयघात। तर,कतिपय अवस्थामा मोटोपन घटाउँदा मांशपेशी कमजोर हुने, शरीरमा पैष्टिक तत्त्वको कमी हुन सक्छ। त्यसैले चिकित्सकको सल्लाहमा तौल घटाउनु उपयुक्त हुन्छ।

बिहान खानेकुरा नखाँदा तौल घट्छ

विभिन्न अनुसन्धानअनुसार बिहान खानेकुरा नखानु र तौल घट्नुबीच केही सम्बन्ध छैन। शरीरमा भएको बोसो घटाउन दिनहुँ शारीरिक व्यायाम गर्न आवश्यक छ। दिनभरि ऊर्जावान् रहन बिहान खानेकुरा खानु जरुरी छ।

सागसब्जिले मोेटोपनलाई नियन्त्रण गर्छ

सागसब्जि मात्र खायौं भने बोसो बढ्ने सम्भावना हुन्छ। त्यसैले सागसब्जिका साथसाथै अन्न पनि खान जरुरी हुन्छ। खानापानमा सन्तुलन गर्न सकियो भने मोटोपनलाई नियन्त्रण गर्न सकिन्छ। दिनभरी एकै ठाँउमा बसेर काम गर्नुहुँदैन।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested