आजदेखि मठमन्दिरमा नित्य पूजा मात्र



काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आज माघ ५ गतेदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएको छ।

काठमाडौं उपत्यकामा रहेका (काठमाडौं, भक्तपुर र ललितपुर) तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन्। त्यसबाहेकका पूजापाठ हुने छैन।

पशुपति क्षेत्र विकास कोषले पनि एक सूचना जारी गरी आजबाट लागू हुनेगरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य

डब्लूडब्लूएफ नेपाल । नेपालमा वन, वन्यजन्तू, स्वच्छ पानी, उर्जा र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउँदै आएको संस्था । यही संस्था

काठमाडौंका मुख्य सहरमा बेलैमा फोहोर नउठाउँदा दुर्गन्ध फैलिएको छ । सहरका चोकमा फोहोरका डंगुर देखिएका छन् । यो पनि…चुनावको चहल

वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज (सोमबार) विहान ७ः३०

Suggested