English

स्वास्थ्य मन्त्रालय भन्छ- तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैनौं



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए।

देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनको भनाइ छ। ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

१८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलले बताए। केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उनले जानकारी दिए। अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरू निकायले पनि ध्यान दिनुपर्नेमा उनको जोड छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले तीन तहको सरकारको अभ्यासमा हामी छौं भन्दै कतिपय सन्दर्भमा प्रदेश र स्थानीय तहबीचमा तालमेल नमिलेर कामले तीव्रता पाउनमा समस्या देखिएको बताए। कतिपय ठाउँमा पुग्दा तथ्याङ्क नमिल्ने पनि पाइएको उनको भनाइ छ । उनले भने, ‘हिजोको तुलनामा अहिले तथ्याङ्क नमिलेको हुनसक्छ।’

समितिका सदस्य मानबहादुर विश्वकर्माले अहिले खोप लगाउने नागिरकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले स्वास्थ्य जटिलता कम देखिएकाले सरकारले छिटोभन्दा छिटो सबैलाई खोप लगाउनुपर्नेमा जोड दिए। समितिका सदस्य योगेश भट्टराईले दैनिक पाँच लाख खोप लगाउने भने पनि दैनिक डेढ लाखभन्दा बढीलाई खोप दिन नसिकएको औंल्याए।

समितिका सदस्य हितबहादुर तामाङले खोप केन्द्र विस्तार र जनशक्ति बढाउन सरकार गम्भीर हुन नसकेको अरोप लगाए। भविष्यमा अरु भेरियन्ट पनि आउन सक्ने सम्भावना हुँदा सरकार तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए। अर्का सदस्य खगराज अधिकारीले एमबीबीएस पढिरहेका विद्यार्थीलाई पनि तालिम दिएर उपचारमा लगाउन सकिने बताउँदै बालबालिकालाई खोप लगाएर विद्यालयमा पठनपाठन नियमित गर्नुपर्ने धारणा व्यक्त गरे।

समिति सदस्य जीवनराम श्रेष्ठले सीमाबाट प्रवेश गरेका नागरिकले सिधै गाउँमा जाँदा संक्रमण फैलिएको उल्लेख गर्दै सरकारले विगतका अनुभवबाट सिकेर र हिजोका कमीकमजोरी हटाउन लाग्नुपर्नेमा जोड दिए ।अर्का सदस्य विद्या भट्टराईले अशक्त र अपांगलाई घरमै खोप लगाउनेमा सरकारको ध्यान जानुपर्ने बताउँदै चैतसम्म सबैलाई खोप दिने लक्ष्य पूरा गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन्।

समितिका सदस्य चित्रलेखा यादवले सरकारले एक सातासम्म ‘ओमिक्रोन सप्ताह’ का रूपमा मनाएर यसबाट बच्न सक्ने उपायका बारेमा व्यापक जनचेतना जगाउनुपर्ने उल्लेख गर्दै ग्रामीण क्षेत्रका नागरिकमा अझै पनि कोभिडबारे जानकारी नभएकाले स्वास्थ्यका सामान्य मापदण्डसमेत पालना नगरेको बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले