English

महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक १० भनाइ



लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ को कार्तिक २७ गते लक्ष्मीपूजाका दिन भएको थियो भने उनको मृत्यु २०१६ को भदौ २९ मा भएको थियो । उनी नेपाली साहित्यमा महाकविका रुपमा प्रसिद्ध छन् । उनी नेपाली साहित्यमा कविता, निबन्ध, आख्यान र नाटक चार वटै विधामा कलम चलाउँथे ।

१. जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।

२. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

३. मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

४. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

५. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

६. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं ।

७. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

८. जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

९. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

१०. शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested