English

कोभिड असर : त्रिविमा चलिरहेका परीक्षा नरोकिने, पढाइ भने माघ १० गतेसम्म बन्द



त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो । विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे बिदाबाट कट्टा गर्ने गरी माघ १० गतेसम्म बिदा दिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले सूचना निकालेर अहिले चलिरहेको परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ । परीक्षा केन्द्रहरुमा स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ ।

निकटमै परीक्षा हुने विषय तथा कार्यक्रममा पठनपाठन आवश्यक भएमा अनलाइन माध्यमबाट गराउन भनिएको छ । माघ १० पछि भने पालिकासँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयमा कार्यरत कुनै शिक्षक, कर्मचारीलाई कोरोना भाइरसको सङक्रमण भएमा १० दिन बिदा पाउने भएका छन् ।
यो पनि
एकै दिन थपिए ४,६३६ जना संक्रमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested