बढ्यो सुनको मुल्य



साताको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा पाँच रुपैयाँले मात्र बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कालीकोट, मान्म । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। सार्वजनिक सुनवाईका क्रममा

नेप्से सूचकमा झण्डै ३०० अंकको वृद्धिपछि मंगलबार १० अंकको करेक्सन देखिएको छ। यस दिन लगानीकर्ता नाफा बुक गर्नतर्फ लाग्दा नेप्सेमा

आलु । तरकारीको राजा । सबैको भान्सामा पाक्ने । धेरथोर सबैले खेती गर्ने तरकारी । अझ मनाङ, मुस्ताङलगायतका हिमाली भेगमा

मंगलबार सुनचाँदी काे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे

Suggested