English

कोरोनाको दोस्रो लहर भित्रिएको आशंका

नेपालमा लकडाउन भएको आज १ वर्ष


केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको ग्राफ उकालो लागिरहेको छ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नु र भारतमा आजै मात्र ‘डबल म्युटेन्ट भेरियन्ट’ पत्ता लाग्नुले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हो कि भन्ने त्रास फैलिएको छ । यसै विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलासँग गरिएको कुराकानी
नेपालमा कोरोनाको जोखिम बढेकै हो ?

बिलकुलै हो । नेपालमा कोरोनाको पहिलो लहर नै मत्थर भैसकेको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कमा कोरोना सङ्क्रमितको सङ्ख्या थोरै देखिएको भए तापनि अस्पतालमा दैनिक कोरोना सङ्क्रमित भर्ना भैरहेका थिए । तर, यसलाई ख्याल नगरी मानिसहरू कोरोना हटिसक्यो भन्ने भ्रम परेर नियमित दैनिकीमा फर्कन थाले । यसले कोरोनाको जोखिम झनै बढायो ।

नयाँ भेरियन्टहरु भित्रिएर पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्छ । यो अनुमान मात्र हो । तैपनि हामीले रोकथामका उपायलाई समयमै व्यवस्थित गर्न सकेनौँ भने पक्कै पनि सङ्क्रमितको सङ्ख्या अझै बढ्ने देखिन्छ ।

कोरोनाले फेरि महामारी रूप लिन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

आम मानिसले कोरोना केही होइन भन्दै जनस्वास्थ्यका मापदण्ड तोडेका हुनाले अहिलेको कोराना सङ्क्रमितको दर बढ्दै गएको देखिन्छ । अर्को कुरा नयाँ भेरियन्टहरु भित्रिएर पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हुनसक्छ । यो अनुमान मात्र हो । तैपनि हामीले रोकथामका उपायलाई समयमै व्यवस्थित गर्न सकेनौँ भने पक्कै पनि सङ्क्रमितको सङ्ख्या अझै बढ्ने देखिन्छ । अहिलेकै दरमा बढ्दै जाने हो भने अप्रिलको दोस्रो हप्तासम्म सङ्क्रमण धेरै फैलिन सक्छ ।

साथै, भारतमा आज मात्र १५ देखि २० प्रतिशत कोरोना सङ्क्रमितमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको छ । त्यो भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने, बढी सङ्क्रमित बनाउने खालको पाइएको छ । त्यसैले नेपालमा पनि यो भित्रियो कि भन्ने आशङ्का छ । यस्तै, युरोपमा देखिएको युके भेरियन्टको पनि हामीमा त्रास छ । त्यसैले यी दुवै भेरियन्ट नेपाल भित्रिए भने फेरि पनि सङ्क्रमण फैलिन सक्ने जोखिम बढ्छ । यो फैलिन नदिनका लागि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नै पर्छ ।

नेपालमा लकडाउन भएको आज १ वर्ष पुग्यो । यो एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

सुरुसुरुमा विश्वभर महामारीका रूपमा फैलिएको रोग कोभिड–१९ के हो भन्ने द्विविधामा थियौँ । अहिले हामी केही थाहा नपाएको ठाउँबाट धेरै थाहा पाइसकेको अवस्थामा आइपुगेका छौँ । गत वर्ष चैत १० गते राती ११ बजे दोस्रो सङ्क्रमित भर्ना गर्दा नेपालमा ठुलो त्रास थियो । अब त हामीले कोरोनाको बारेमा बुझिसकेका छौँ । सरकारले पनि कोभिड व्यवस्थापनका लागि सबै संरचना तयार गरिसकेको छ । त्यसैले यो एक वर्षको अवधिमा सिकेको कुरालाई व्यवहारमा लागू गरेर आम मानिसले साथ दिए भने कोरोनाको दोस्रो लहर आउँदैन ।

अहिले नेपालमा कोरोना सङ्क्रमित बढ्नुको कारण के हो ? त्यसलाई अनुसन्धान गरी कुन प्रजातिको हो भन्ने छुट्याउनुपर्छ ।

अब नेपालमा दोस्रो लहर भित्रिने सम्भावना कस्तो छ ?

यति बेला अस्पताल भर्ना भएका बिरामीमा नयाँ भेरियन्टको आशङ्का गरिएको छ । तर, पुष्टि भैसकेको छैन । त्यसका लागि नेपाल सरकारले ‘होल जिनम सिक्वेन्सिङ’ गर्नका लागि प्रक्रिया अघि बढाइसकेको छ । त्यसैले कोरोनाको दोस्रो लहर आउने जोखिम छ । यसलाई आम सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड अपनाइदिने हो भने न्यूनीकरण गर्न सकिन्छ ।

दिनानुदिन कोरोना सङ्क्रमित बढिरहेको छ कारण के हो ?

लापरबाही नै हो । कोरोना भन्ने केही पनि होइन भन्नेहरूको भ्रमको पछि दौडिँदाको परिणाम हो । मानिसहरूले मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न छोडे । यसैको परिणाम बढ्नु नै हो ।

कोभिड खोप लगाएका मानिसहरू पनि सङ्क्रमित हुन सक्छन् । तर, सिकिस्त हुँदैन । यद्यपि उनीहरूबाट अरूलाई भाइरस सर्न सक्छ ।

अहिलेको अवस्थामा लकडाउन गर्नुपर्छ कि पर्दैन ?

अहिलेको अवस्था लकडाउन गरिहाल्नुपर्ने अवस्था होइन । तर, आम मानिसलाई जनस्वास्थ्यका मापदण्ड पालनाका गर्नका लागि सुसूचित गराउनुपर्छ ।

नयाँ भेरियन्टलाई रोक्न सरकारले के के गर्नुपर्छ ?

पहिलो कुरा त सरकारले नेपाल भारत सीमामा निगरानी बढाउन जरुरी छ । साथै, विमानस्थलमा पनि कडाइ गर्नुपर्छ । यस्तै, रोगग्रस्त क्षेत्रबाट आएका शङ्कास्पद व्यक्तिलाई निगरानी गर्नुपर्छ । अहिले नेपालमा कोरोना सङ्क्रमित बढ्नुको कारण के हो ? त्यसलाई अनुसन्धान गरी कुन प्रजातिको हो भन्ने छुट्याउनुपर्छ ।

कोभिड खोप लगाएका मानिसलाई दोस्रो लहरले कत्तिको प्रभावित पार्न सक्छ ?

कोभिड खोप लगाएका मानिसहरू पनि सङ्क्रमित हुन सक्छन् । तर, सिकिस्त हुँदैन । यद्यपि उनीहरूबाट अरूलाई भाइरस सर्न सक्छ । त्यसैले कोभिड खोप लगाइसकेकाहरूले पनि पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती