English

नेपालमा एकैदिन थपिए २,४४४ संक्रमित, ३१३ जना डिस्चार्ज



नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ३३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, पछिल्लो २४ घन्टामा ३ सय १३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ५२ पुगेको छ । जसमध्ये, ८ हजार ८ सय ६७ जना होम आइसोलेसन र ६ सय ५५ जना संस्थागत आइसोलेसनमा छन् । जसमा ९३ जनाको आईसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा ११ हजार ६ सय ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सरकारले पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानालाई तीव्रता दिइरहेको छ । हालसम्म १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनालाई पूर्ण खोप दिइएको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली