English

विमानस्थलमा अभिभावकबाट छुटेका बालक पाँच महिनापछि यस्तो अवस्थामा परे फेला



काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए । देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो ।

अमेरिकी दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका थिए। उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन ।

सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए ।

हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिएर बाँचे । तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो ।

सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए ।

विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका थिए । बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तान झैं गरेर पाल्ने निधो गरे ।

श्रीमतिसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखे । आफ्ना सन्तानसहित सोहिलको तस्विर पनि आफ्नो फेसबुक पेजमा राखे ।

आफ्नो नाती जिवितै फेला परेको थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनु पर्ने माग गरे ।

४९ दिन लामो वार्ता तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍यो । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए ।

४९ दिन लामो वार्ता तथा छलफलपछि तालिवान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍यो । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए । आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपी उनीहरु अमेरिकामा नै छन् । ‘उनीहरु अहिले नाच गान गरेर रमाएका छन्,’ उनका हजुरवुवाले भने ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested