English

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार



उत्तर कोरियाले एउटा अज्ञात क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रनजिक पुगेको दक्षिण कोरियाले जनाएको छ । उत्तरले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हुन सक्ने जापानले जनाएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाए पनि उत्तरले परिक्षण गरिरहेको छ । यो उत्तरको यस वर्षको पहिलो आणविक परीक्षण भएको जापानको भनाइ छ । उत्तर कोरियाको पछिल्लो परीक्षणबारे दक्षिण कोरिया र अमेरिकाको गुप्तचर निकायका अधिकारीहरूले सूक्ष्म विश्लेषण गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा अस्थिरता बढेकोले प्योङयाङले आफ्नो रक्षा क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइरहेका बेला पछिल्लो परीक्षण सार्वजनिक भएको हो । नयाँ वर्षको पूर्वसन्ध्यामा वर्कस पार्टीको बैठकमा उनले सो आवश्यकता औंल्याएका थिए।

उत्तरको पछिल्लो परीक्षणप्रति जापानले खेद व्यक्त गरेको छ । उत्तरले सन् २०२१ को शुरुदेखि आणविक परीक्षण गरेको भन्दै यस्ता परीक्षण रोक्न माग गरेका छन् ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती