नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन पर्यटन मन्त्री आलेको रोक



संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाइएको छ । दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला मन्त्री आलेको निर्देशनमा रोक लगाइएको छ ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यjस्थापन तथा सञ्चालम विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको छ । समितिले २० पुसमा बतास म्यानेजमेन्ट प्रालिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको हो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालिबीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचारका कारण विवाद सिर्जना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बी. म्यानेजमेन्ट प्रालिलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

याे पनि

जाडोमा जोर्नी दुखाइबाट यसरी बचौँ
जाडोमा उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुराहरू



...
नारायणहिटी संग्रहालयको ठेक्कादेखि विवादसम्मको भित्री कथा - Mero LifeStyle Mero LifeStyle

[…] पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आलेको मौखिक आदेशमा निमार्णाधीन संरचना […]

...
एमालेको अधिवेशन देशभरि शुरू, प्रतिकूल मौसमका कारण १६ जिल्लामा स्थगित - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक नगर्न निर्देशन दिएको छ। सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। (१३ माघ) बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले

गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको

रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका

Suggested