English

एउटै गाउँमा सात करोडको सुन्तला



अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो ।

पाणिनी गाउँपालिका–१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । जसमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले आम्दानी गर्ने अगुवा कृषक रेवतीप्रसाद पौडेलले बताए ।

गत वर्ष प्रतिकेजी ६० रुपैयाँ हाराहारीमा सुन्तला बेचेका किसानले यो वर्ष भने सुन्तला सिधै बजारमा पठाएका छैनन् । प्रदेश सरकारको सहयोगमा गत वर्ष पोखराथोकमा निर्माण गरिएको शीतभण्डारमा सुन्तला भण्डारण गरिएको छ ।

‘करिब एक सय ५० मेट्रिक टन सुन्तला शीतभण्डारमा भण्डारण गरिएको छ । अझै करिब एक सय मेट्रक टन जति टिप्न बाँकी होला, ’ सिम्लेका अगुवा कृषक पौडेलले भने, ‘बजारभाउ राम्रो भएपछि बजारमा पठाउने सोच बनाएका छौं ।’

सिम्लेमा सुन्तला उत्पादन गरिरहेका किसानहरूको प्रोत्साहनका लागि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपालले लायन्स नमुना उद्यमी गाउँको रूपमा यो वर्षदेखि सहयोग गरेको छ । सिम्लेका जनताको जीवनस्तर माथि उठाउन र गाउँलाई थप आत्मनिर्भर बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लव इन्टरनेसनल ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले बताए ।

सिम्लेमा सुन्तला उत्पादन गरिरहेका किसानहरूको प्रोत्साहनका लागि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपालले लायन्स नमुना उद्यमी गाउँको रूपमा यो वर्षदेखि सहयोग गरेको छ ।

सुन्तला खेती गरिरहेका किसानहरूको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान दिइएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अधिकृत नारायण भुसालले बताए । ‘हामीले सुन्तला उत्पादन गर्ने किसानलाई प्रतिकेजी दुई रुपैयाँ अनुदान दिन्छौं,’ भुसालले भने, ‘तर किसानले सुन्तला बिक्रीबापतको भुक्तानी बैंकमार्फत लिएको हुनुपर्छ ।’

सिजनमा मूल्य कम आउने भएकाले बेमौसममा बिक्री गर्न सकियोस् भनेर प्रदेश सरकारको सहयोगमा २० हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको भुसालले बताए ।

पाणिनीको अलावा मालारानी गाउँपालिका–८ हंशपुरको साकिन्धारामा पनि व्यावसायिक सुन्तला खेती हुने गरेको छ । तर अहिले सुन्तला टिप्ने क्रम चलिरहेका कारण कति उत्पादन भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन । स्थानीय कृषक तुल्सीविक्रम ठकुरीले भने, ‘तर गत वर्षभन्दा राम्रो उत्पादन हुने अनुमान गरेका छौं ।’

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested