English

सोमबार दोहोरो अंकले बढ्दा नेप्से २६ सय माथि



आज नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

दिनभर ८२ लाख ५ हजार ५२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ पुग्यो । सोमबार धेरे शेयर मूल्य बढ्ने कम्पनीहरूमा मध्य भोटेकोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, एनआई एशिया लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्सलगायत शेयर मूल्य बढेको छ । भोटेकोशी हाइड्रोपावर र गुराँस लघुवित्तको शेयर मूल्य सोमबार १० प्रतिशतले बढेको छ ।

धेरै घट्ने कम्पनीहरूमा नेपाल बंगलादेश बैंक, तेह्रथुम पावर कम्पनी, युनाइटेड इन्स्यारेन्स, रुरु जलविद्युत् कम्पनीलगायत छन् । नबिल बैंकसँग मर्जरको चर्चाका कारण केही दिन अघिदेखि शेयर मूल्य बढिरहेको नेपाल बंगलादेश बैंक सोमबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित