English

अंग्रेजी नयाँ वर्षले तंग्रिँदै बन्दीपुर



अंग्रेजी नयाँ वर्षले बन्दीपुरलाई सघाएको छ । कोरोना कहरले थला परेर विस्तारै तग्रिँदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुइँचो लाग्यो । बन्दीपुर बजार र टुँडिखेलमा पर्यटक चहलपहल निकै भयो । सडक खाना महोत्सवको कारण शुक्रबार र शनिबार कठ्यांग्रिदो चिसोमा पनि आधा रातसम्म बन्दीपुर जागिरहेको थियो ।

नयाँ वर्षको कारण यहाँका अधिकांश होटल रेष्टुरेन्ट भरिभराउ भए । बन्दीपुरमा साना ठूला गरेर एक सयको हाराहारीमा होटल रेष्टुरेन्ट सञ्चालित छन् । शुक्रबार र शनिबार यहाँका होटलमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए । नयाँ वर्षमा पर्यटकको भिडले बन्दीपुरको पर्यटन उकालो लाग्ने सन्देश दिएको उनको भनाइ छ । उनी भन्छन्–‘यहीँ अवस्थामा बन्दीपुरको पर्यटन उकालो लागेमा कोरोना कहरले भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति उठाउन सक्छौ कि भन्ने विश्वासमा छौँ’

शुक्रबार र शनिबार गरिएको सडक खाना महोत्सवमा करिब आठ हजार पर्यटक सहभागी भएका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । ‘नयाँ बर्षमा देखिएको पर्यटकको घुइँचो बन्दीपुरको पर्यटनका लागि सुखद् हो’, उनी बताउँछन् । सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि खाना महोत्सव गरिएको हो । होटल रेष्टुरेन्टले सडकमै आआफ्नो स्वादका खानाका परिकार पाहुनालाई चखाएका थिए । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरेका हुन् ।

नयाँ वर्षमा गरिएको दुई दिने खाना महोत्सवले पर्यटकको संख्या बढेपछि अब हरेक महिना बन्दीपुरमा कुनै न कुनै कार्यक्रम गर्ने यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । पर्यटकलाई आकर्षित गर्नलाई होटल रेष्टुरेन्टले छुटको व्यवस्था दिने तयारी समेत गरेका छन् ।

बन्दीपुरमा पुगेका ९९ प्रतिशत आन्तरिक पर्यटक हुन् । कोरोना कहर सुरु हुनु अगाडिसम्म बन्दीपुर आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बराबर थियो । होटल व्यवसायी बैँश गुरुङका अनुसार बसाइका हिसाबले बन्दीपुरमा अधिकांश विदेशी पर्यटक हुन्थे । ‘आन्तरिक पर्यटक त आउने घुम्ने जाने मात्र थियो । अहिले त बन्दीपुर आउने बस्ने सबै पर्यटक आन्तरिक नै हुन् । विदेशी त शून्य जस्तै भएको छ’, उनले भने, ‘कोरोनापछि व्यवसाय चलाउन आन्तरिक पर्यटकले भरथेग मिलेको छ ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested