English

बाक्लो हुस्सुको कारण उडान ठप्प



बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि ठप्प छन् ।

त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।

विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।

तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ । त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ ।

यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

यो पनि…
चन्द्रागिरिमा हिउँ खेल्नेको लर्को (फोटो फिचर)

प्रहरी अनुसन्धानमा दोषी देखिए लाउरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

Latest










Popular
Suggested