English

प्रचण्डको प्रतिवेदनमाथि आलोचना



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन् । मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले केही गम्भीर विषय उठाएका छन् । धेरै प्रतिवेदनले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन् ।

नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन् । सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन् ।

नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन् । सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन् ।

केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन् । परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए ।

बागमतीकर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारतबारेको मौनतामाथि प्रश्न उठ्यो । ‘भारतबारे बोल्नुपर्छ । सीमा विवादको कुरा छ । चुच्चे नक्साको अपनत्वको कुरा । भारत र अमेरिकालाई हामीले विस्तारवादी र साम्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो । अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले सुनाए । छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए ।

बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो । यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो । ‘अहिले नयाँ विचार आएको छ । प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ । यसले गर्दा माओवादी एक हुन्छ । प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव थिए ।

बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए । ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ । त्यो हाम्रो भोट हो । भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो ।

प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए । ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए ।

माओवादी, नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो । त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो । उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए । यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए ।

नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे । उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए । ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको ?’ उनले प्रश्न गरे ।

अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए । बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखे ।

नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे । उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए । ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको ?’ उनले प्रश्न गरे ।

‘यो दस्तावेज मनगणन्ते भयो । अहिलेका राजनीतिक दलको विश्लेषण छैन । वर्ग विश्लेषण छैन । समस्या छैन । समाजवादमा जाने नेपाली बाटो भनिएको छ । तर त्यो नेपाली बाटो के हो कसरी जाने, त्यो बाटोमा के हुन्छ, अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो ? माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो ।

विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए ।

प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । छलफल आज ११ बजेसम्म चल्ने र १२ बजे २५ वटै समूहले निष्कर्ष सुनाउनुपर्ने समयसीमा दिइएको छ । त्यसअगाडि विहान प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक पनि बस्नेछ । स्थायी कमिटीमा नेतृत्व चयन, विधान मस्यौदालाई अन्तिम रुप दिने र पार्टी कमिटीलाई पूर्णता दिने एजेण्डामा छलफल हुने बुझिएको छ ।

यो पनि…
प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छ
एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,