English

एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?



नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ ले राजनीति प्रतिवेदन पेस गरेका छन् ।उनले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । त्यसका लागि विभिन्न समूहहरु बनाइएको छ । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् । 

प्रतिवेदनमा उनले माओवादी पार्टी र नेताहरुको कमजोरीलाई समेत औंल्याएका छन्  । उनले नेता कार्यकर्ताको जीवनशैली र भुत्तेपनको आलोचना गर्दै आत्मआलोचना गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् । प्रतिवेदनमा प्रचण्डले पार्टी कमजोर हुनुमा आफूले नेतृत्वकर्ताको हिसावमा जिम्मा लिनु पर्ने र आत्मआलोचना गर्नुपर्ने उल्लेख गरेका छन् । 

पार्टीमा व्यक्तिवादी चरित्र, गुटबन्दी, विधिपद्दतीलाई नमान्ने जस्ता कुरा बढ्दै गएकोले त्यसलाई सुधार गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।
 
एमसीसीबारे के छ ?

प्रचण्डले महाधिवेशनमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसीसीबारे के उल्लेख गरेका छन् भन्ने चासो यतिबेला उनका पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि रहेको छ । कार्यकर्ता तहमा एमसीसीको विरोध भैरहेको छ र उनको दल रहेको सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा त्यसलाई पास गर्न चाहिरहका छन् । 

देउवाले माओवादीकै कार्यक्रममा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएको अवस्थामा प्रचण्डले प्रतिवेदनका बारेमा कस्तो व्याख्या गरेका छन् भन्ने चासो रहेको छ । उनले प्रतिवेदनमा एमसीसीबारे लामै लेखेर प्रष्ट पार्न खोजेको कतिपयको आकलन भए पनि यसबारे कम मात्र चर्चा गरिएको छ । 

प्रतिवेदनमा प्रचण्डले एउटा बुँदा उल्लेख गरेका छन् । उनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।  एमसीसी का बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested