English

पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु



फोटो पत्रकार क्लब (पिजे क्लब) द्वारा आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी पर्यटन बोर्ड, पोखराको हलमा सुरु भएको छ ।


फोटो प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटो ग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्तरुपमा गरेका छन् । प्रदर्शनी पुष १३ गते मंगलबार देखि १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ ।


फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका १ सय ७५ मध्ये उकृष्ट ११७ फोटो राखिएको हो । विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५ औं पामे अन्तराष्ट्रिय फिल्म फेष्टिबल संगको सहकार्यमा पोखरामा गरिएको हो ।

नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।


एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो ।

यो पनि पढ्नुहोस्
बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested