English

रारा म्याराथनको सद्भावना दूतमा मीरा राई नियुक्त



कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएकाे हाे । म्याराथनकाे आयोजना र व्यवस्थापन अन्तरालले गरेकाे हाे । यस प्रतियाेगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दूतसहित मीरा राई रारा म्याराथनमा समेत सहभागी हुने छिन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,’ मीराले भनिन् ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन् । दर्जनौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एड्भेन्चर अफ द एयर’ विजेता पनि हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाइ बढेको बताए । उनले भने, ‘मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

उनले जुम्ला विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाकाे ठाउँसमेत भएकाे बताए । ‘उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं,’ अध्यक्ष शाहले भने, ‘जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहेनतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’

म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

यो पनि…
ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च
क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का