English

रारा म्याराथनको सद्भावना दूतमा मीरा राई नियुक्त



कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएकाे हाे । म्याराथनकाे आयोजना र व्यवस्थापन अन्तरालले गरेकाे हाे । यस प्रतियाेगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दूतसहित मीरा राई रारा म्याराथनमा समेत सहभागी हुने छिन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,’ मीराले भनिन् ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन् । दर्जनौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एड्भेन्चर अफ द एयर’ विजेता पनि हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाइ बढेको बताए । उनले भने, ‘मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

उनले जुम्ला विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाकाे ठाउँसमेत भएकाे बताए । ‘उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं,’ अध्यक्ष शाहले भने, ‘जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहेनतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’

म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

यो पनि…
ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च
क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested