English

प्रदेश १ लाई पराजित गर्दै एपिएफले जित्यो उपाधि



धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश नमबर-१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाती ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रीले ३४ र अप्सरा वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश-१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जितका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जित हासिल गरेको हो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधि हात पारेसँगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।

यो पनि…
ढोरपाटनमा साहसिक खेल ‘स्कि’को सम्भावना उच्च

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested