English

अब कक्षा १ देखि नै लेटर ग्रेडिङ, एक घण्टाको पिरियड



सरकारले अहिले चलिरहेकै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि ल्याउने मन्त्रालयले तयारी गरेकाे छ । लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षामा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १.६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ । अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

विद्यार्थीले माथिल्लो कक्षामा जान लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनतम अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात् डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ । निर्देशिका अनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ । त्यसबाट प्राप्त अङ्कलाई ग्रेड सिटमा अक्षर ग्रेडमा रुपान्तरण गरिनेछ ।

दुई विषयसम्म तोकिएको ग्रेड नल्याएका विद्यार्थीले तीन वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । यसरी दिएको परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसके अर्को वर्ष सम्पूर्ण विषयको परीक्षा दिनुपर्नेछ ।

यसैगरी, निर्देशिकाले विद्यालय तहको पाठ्यघण्टाको समयावधि पनि बढाएको छ । यसअघि ४५ मिनेटको एक घण्टी रहँदै आएकामा नयाँ निर्देशिकाले ६० मिनेटको एक घण्टी बनाएको हो । तर, विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नसक्ने सुविधा दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested