English

उठ्दैछ ऐतिहासिक ओदानडाँडा



ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानडाँडाको संरक्षण थालिएको छ ।बाइसे/चौबीसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृत्रिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको नामकरण गरिएको थियो । ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयवासीको सक्रियतामा सो ऐतिहासिकस्थलको संरक्षण थालिएको हो ।

चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । उक्त क्षेत्र भौगोलिक हिसाबले भिरको छेउमा रहेकाले उक्त स्थान तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणकार्य भइरहेको स्थानीयवासीको भनाइ छ । यहाँका स्थानीयवासीले ओदानडाँडा मन्दिर तथा संरक्षण नामक संस्था दर्ता गरेको स्थानीयवासी विष्णुप्रसाद गौतमले जानकारी दिए । अहिले ओदानडाँडाको संरक्षणका लागि गाउँपालिका गुरुयोजना बनाएर अगाडि बढेको छ ।

प्रचार–प्रसार अभावमा ओझेल परेको यस स्थान निकै जीर्ण र खण्डहर थियो, स्थानीयवासीको चासोपछि केही संरक्षणको प्रयास थालिएको छ

ओदानडाँडा पुर्खाहरूको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रूपमा रहेकाले यसको संरक्षण गर्न थालिएको स्थानीयवासी प्रजापपति गौतमले जानकारी दिनुभयो । बाइसे÷चौबीसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भनेजस्तै गरी ओदानसहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेट्टिएपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासी यज्ञराज गौतमले जानकारी दिए ।

‘प्रचार–प्रसार अभावमा ओझेल परेको यस स्थान निकै जीर्ण र खण्डहर थियो, स्थानीयवासीको चासोपछि केही संरक्षणको प्रयास थालिएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा पदमार्ग, सडकको पहुँच, जग्गा तारबार र क्षेत्रफल बढाउने, पानीको फोहोरा र फूलबारीलगायतका संरचनासँगै ओदान राखिएको मन्दिरको त्यहीरूपमा स्तरोन्नति गर्ने योजना ओदानडाँडा मन्दिर तथा संरक्षण संस्थाको छ ।’

उक्त स्थानमा अहिले भिरालो जमिनतर्फ पर्खाल लगाउने, ट्रस्टको सत्तल बनिसकेको छ । मन्दिरको नाममा अहिले ११ आना जग्गा रहे पनि उक्त जग्गालाई निःशुल्क लिएर तीन रोपनी जग्गा बनाउने स्थानीयवासी रामचन्द्र गौतमले जानकारी दिए । उक्त स्थानमा अहले गणेश, ओदान र शिवको मन्दिर रहेको छ । स्थानीयवासीले झण्डै रु चार लाख उठाएर तारजाली गरेका छन् भने काठेखोला गाउँपालिकाको रु तीन लाख योजनामा संरक्षणको काम सुरु भएको छ ।

ऐतिहासिकरूपमा अत्यन्तै महत्वपूर्ण र पुरातात्विक संरचना रहेको ओदानडाँडाको संरक्षण र विकासका लागि जिल्ला प्रशासन कार्यालयमा संस्था नै दर्ता गरिएको छ ।

उक्त स्थानबाट रेशको धनीखोरिया जोड्ने झोलुङ्गे पुल निर्माण गरी पर्यटकको आउजाउलाई सहज तुल्याउने वडा कार्यालयको योजना रहेको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘रेशमा ऐतिहासिक महत्व बोकेको पहिलो ओदानडाँडा र दोस्रो गलैनाको सत्यवती मन्दिर हो, दुवैलाई गाउँपालिकाको गुरुयोजनामा समावेश गरी विकास गर्न थालेका छौँ,’ उनले भने, ‘मन्दिर आउनका लागि झोलुङ्गे पुलको योजना छ । यसमा गण्डकी प्रदेश सरकारले सर्भे गरी बजेट दिने भनेको छ, अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत डेढ सय मिटर ढुङ्गा छापेर पदमार्ग बनाउँछौँ ।’

ऐतिहासिकरूपमा अत्यन्तै महत्वपूर्ण र पुरातात्विक संरचना रहेको ओदानडाँडाको संरक्षण र विकासका लागि जिल्ला प्रशासन कार्यालयमा संस्था नै दर्ता गरिएको छ । उक्त स्थानको संरक्षण र विकासका लागि प्रदेश र सङ्घ सरकारसँग योजनासमेत माग भइरहेको वडा कार्यालयले जनाएको छ ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested