English

बैंकको १६ करोड हिनामिना आराेपमा कर्मचारी पक्राउ



विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको आराेपमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बैंककै एक कर्मचारीले गोप्यरूपमा नेपाल राष्ट्र बैंकमा आर्थिक हिनामिना भइरहेको उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । राष्ट्रबैंकले पत्राचार गरेपछि मात्र थाहा पाएको सञ्चालक समितिका अध्यक्ष डा. अर्जुन बरालले बताएका छन् ।

प्रहरी, सीआईबी र नेपाल राष्ट्र बैंकले छानबिन गरिरहेकोले छानबिनपछि मात्र वास्तविकता बाहिर ल्याउन सकिने बताइएकाे छ । बैंकमा ठगी भएको उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरीवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराईले २०७१ सालदेखि बैंकको रेमिटेन्सतर्फ जिएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई, बैंकका सिईओ नवीन सुवेदीका फुपूका छोरा हुन् । बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल मेयर भएको समयमा खाद्यविज्ञका रुपमा उनलाई जागिर दिएको थियो । पछि उनी विराटनगरमा सरुवा भएर आएका थिए ।

१ मंसिरदेखि सञ्चालक बराललाई नै नयाँअध्यक्षको जिम्मेवारी दिइएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकको प्रदेश १ भरिमा ३६ वटा शाखा कार्यालय छन् । बैंकको चार अर्ब ३० करोड निक्षेप छ । काबेली विकास बैक र सप्तकोसीबीच मर्ज भएको थियो । बैंकको अध्यक्ष बरालले बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा धरापमा नपर्ने बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested