English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ८ पैसा र बिक्री दर १२० रुपियाँ ६८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३५ रुपियाँ ९४ पैसा र बिक्री दर १३६ रुपैयाँ ६२ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ ९४ पैसा र बिक्री दर १६१ रुपियाँ ७५ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ४५ पैसा र बिक्री दर १३१ रुपियाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ९५ पैसा र बिक्री दर ८७ रुपियाँ ३८ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ १५ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपियाँ ५० पैसा र बिक्री दर १० रुपियाँ ५६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८५ पैसा र बिक्री दर १८ रुपियाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपियाँ ९८ पैसा र बिक्री दर ३२ रुपियाँ १४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपियाँ ९७ पैसा र बिक्री दर ३३ रुपियाँ १४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ १२ पैसा र बिक्री दर १० रुपियाँ १७ पैसा कायम छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको

‘स्ट्रिक्स प्रोफेसनल’ले आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’ सार्वजनिक गरेको छ । यो प्रदर्शनी विशेष गरी सैलुन व्यवसायी र हेयर स्टाइलिस्ट लक्षित