English

अमेरिकामा भोकमरी बढ्यो, २ करोडले पाएनन् पर्याप्त खाना



अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकोले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यन्न पसलमा मुल्य बृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान नपाएको व्युरोले जनाएको छ ।

व्युरोले घरपरिवारमा गरेको सर्वेक्षणअनुसार यसै डिसेम्बरको सुरुमा ९ दशमलब ७ घरपरिवारले पर्याप्त खानबाट बन्चित भएका थिए । क्रेडिट भुक्तानी समाप्त भएपछि न्यून आय भएका परिवारमा पुनः आर्थिक दबाब पर्न सक्ने व्युरोले अनुमान गरेको छ ।

अघिल्लो वर्षको तुलनामा अमेरिकामा खाद्यन्नको मुल्य ६ दशमलब ४ प्रतिशतले बढेको छ । फुड ब्यांकमा खाद्यन्नको माग बढ्दो छ भने अस्पतालमा उपचारका लागि जाने कुपोषण र दुव्लाएका बच्चाहरुको सख्ंया बढ्दो छ ।

६ वर्षमुनिका बालबालिका अभिभावकले प्रतिमहिना ३०० डलर र १८ वर्ष उमेर समूहका बच्चाका अभिभावकले प्रतिमहिना २५० डलर पाउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested