English

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपियाँ ५९ पैसा र बिक्री दर १२१ रुपियाँ १९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपियाँ १० पैसा र बिक्री दर १३६ रुपियाँ ७८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपियाँ २७ पैसा र बिक्री दर १६१ रुपियाँ ७ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपियाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ३० पैसा र बिक्री दर ८६ रुपियाँ ७३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ४४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपियाँ ३० पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ५५ पैसा र बिक्री दर १० रुपियाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ९३ पैसा र बिक्री दर १९ रुपियाँ २ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपियाँ १२ पैसा र बिक्री दर ३२ रुपियाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपियाँ १२ पैसा र बिक्री दर ३३ रुपियाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ६२ पैसा छ भने बिक्री दर २८ रुपियाँ ७६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपियाँ ११ पैसा र बिक्रि दर १० रुपियाँ १६ पैसा कायम भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested