English

हाट वृहत खानेपानी आयोजना अलपत्र, मजदुरले पाएनन् ज्याला



बैतडीको पुर्चौडी हाटस्थित बसन्तपुर तथा खडिखेत बजारमा तीन बर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले सुरू गरेको वृहत खानेपानी आयोजना अलपत्र परेको छ । उपभोक्ता समितिको लापर्वाहीका कारण आयोजना निर्माण अलपत्र बन्दा यहाँको खानेपानी समस्या तत्काल समाधान नहुने देखिएको छ ।

वृहत खानेपानी आयोजना बारे उपभोक्ता समिति जिम्मेवार नबन्दा योजना अलपत्र परेको एमाले नेतासमेत रहेका स्थानीय कर्णबहादुर कुँवरले बताए । उनले भने, ‘हाट वृहत खानेपानी आयोजना निर्माण गर्नेगरी बनेको उपभोक्ता समिति नै गलत भयो । खानेपानीको धेरै जरुरत हाटमा क्षेत्रमा छ । तर, खानेपानीको उपभोक्ता नै नभएका वडा–७ का व्यक्तिलाई अध्यक्ष बनाइयो । अर्को ठाउँको व्यक्तिलाई यहाँको समस्याबारे के मतलब ?’

अहिलेसम्म ट्यांकीको नाममा पिल्लर मात्रै ठड्याएको छ । त्यो पनि जिर्ण भै भइसकेको छ । केही ठाउँमा पाइप जडान गरिएको भए पुराना भइसकेका छन् । केही पाइप त चोरी भैसकेको स्थानीयको भनाइ छ ।

पुर्चौडी नगरपालिकाकै मुख्य बजारका रुपमा रहेको बसन्तपुर तथा खडीखेत बजार नजिकै त्रिवेणी नदी छ । बजारको फोहोर यही नदीमा फालिदै आएका छन् । तर, कुनै सभा समारोह हुँदा तथा मेला लाग्दा अस्थाइ पसलेहरूले यही फोहोर नदीको पानीलाई खानेपानीका रुपमा प्रयोग गर्छन् । ‘नगरपालिकाकी उपमेयर जानकी ऐर बमका अनुसार खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले समेत ज्याला पाएका छैनन् । यहाँका महिलाले बिहान रोटी मात्रै खाएर दिनभर काम गरेका हामीले देखेका छौ’ उनले भनिन्, ‘तर सुको ज्याला पाएका छैनन् । यस बिषयमा पोहोर मैले खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेँ र उहाँ आफै यता आएर काम सञ्चालन गर्नुभयो । तर उक्त काम एक महिना पनि चलेन् ।’

अहिले नयाँ समिति बनाएर काम सञ्चालन गर्न भनि ताकेता गरेको उनले बताइन । ‘एउटाले बिगारेको काममा अब कसले हात हाल्छ ?’ उनले भनिन् ‘पानीको मुहान कोटिला र बढी उपभोक्ताहरु रहेको हाटका मानिस भेला गराई हरहिसाब बुझाएर नयाँ समिति बनाएर काम गर्नुको विकल्प छैन् ।’

विगतमा पाँच जना कोठामा बसेर समिति बनाएकाले यो समस्या आएको उपप्रमुख बमको भनाइ छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested