English

कसरी जोडिन सकिन्छ वास्तविक जीवनसँग ?



कोही पनि व्यक्ति ज्ञान प्राप्त गर्नको लागि असक्षम हुँदैनन् । यदि तपाईँ जान्नको लागि असक्षम हुनुभएको भए, म तपाईँमाथि आफ्नो समय बरबाद गर्ने थिइनँ— विश्वास गर्नुहोस्, म यी कुराहरूप्रति एकदमै कठोर छु । यदि तपाईँ पूर्ण रूपमा असक्षम हुनुहुन्छ भने, तपाईँ कुनै सम्भावना नै होइन, तसर्थ म तपाईंसँग एक क्षण पनि खेर फाल्ने छैन । के तपाईंले मलाई कहिल्यै भ्यागुतोलाई ध्यान सिकाउने कोसिस गरेको देख्नुभएको छ रु मैले जीवविज्ञान (बायोलोजी) को कक्षामा बाहेक भ्यागुतासित एक क्षण पनि व्यर्थै बिताएको छैन, किनकि म त्यसमा कुनै सम्भावना देख्दिनँ ।

त्यसैले, प्रश्न यो होइन कि तपाईँमा सामर्थ्य छ वा छैन, प्रश्न यत्ति हो कि तपाईँमा इच्छुकता छ वा छैन रु अरू कसैले तपाईँमा इच्छुकता थोपर्न सक्दैनन्, यो तपाईंबाटै आउनुपर्छ । अरूले तपाईंलाई खाना पस्किन सक्छन्, तर जबसम्म तपाईँमा खाने इच्छा हुँदैन, अरूले पस्किएर खानको लागि अनुरोध गर्न मात्र सक्छन्— त्योभन्दा बढी केही गर्न सकिँदैन ।

यो पनि ठीक त्यस्तै हो, तर झन् सूक्ष्म रूपमा हुन्छ । हामी यसलाई तपाईंसामु अर्पण गर्न मात्र सक्छौँ, तर तपाईँ स्वयं इच्छुक बन्नुपर्ने हुन्छ । अरू कुनै तरिका नै छैन । तब, स्वाभाविक रूपमा यो प्रश्न उठ्छ, ″इच्छुक हुनको निम्ति मैले के गर्नुपर्छ त र?″ यसरी हेर्नुको सट्टा तपाईंले आफूलाई अनिच्छुक बनाउनको लागि केके गरिरहनु भएको छ भन्ने कुरामा ध्यान दिनु नै उत्तम हुन्छ ।

इच्छुक हुनु जीवनको स्वाभाविक प्रक्रिया हो । यतिखेर, तपाईंको छेउमा बसिरहेको व्यक्ति तपाईंलाई मन नपर्न सक्छ, तैपनि उसले श्वासको रूपमा छोडेको हावा आफूभित्र लिन भने तपाईँ इच्छुक हुनुहुन्छ, होइन र ? यहाँ सम्म कि तपाईंकी सासू आमाले जुन हावामा श्वास फेरिरहनु भएको हुन्छ, तपाईँ त्यसलाई पनि आफूभित्र लिनुहुन्छ । खासमा भन्ने हो भने, जब तपाईंको वरपर मन नपर्ने व्यक्ति बसिरहेको हुन्छ, त्यस बेला तपाईँ झन् गहिरो श्वास फेरिरहनु भएको हुन्छ । अतः यदि तपाईंकी सासू छेउछाउमा हुनुहुन्छ भने, तपाईँ सामान्यभन्दा अझ बढी श्वास लिइरहनु भएको हुन्छ ।

जीवनको मूल प्रक्रिया नै इच्छुकता हो— यो श्वासको स्तरमा मात्रै हुने होइन । यदि तपाईंले परमाणुको स्तरमा हेर्नुभयो भने, परमाणु अनि बाँकी अस्तित्वबिच निरन्तर आदान प्रदान भइरहेको हुन्छ । तपाईं जसलाई जीवन भन्नुहुन्छ, त्यो इच्छुक हुने प्रक्रिया हो । तपाईं इच्छुक हुने वा नहुने भनेर रोज्न सक्ने एक मात्र स्थान भनेको तपाईंको मन हो— तर, तपाईं त्यसलाई जथाभाबी प्रयोग गर्दै हुनुहुन्छ ।

म तपाईंको निम्ति समस्त अस्तित्व सम्हाल्ने छु, तर यो एउटा चीज— आफ्नो मन— लाई तपाईँ आफैँले सम्हाल्नुपर्छ । तपाईंको मन अनिच्छाको स्थितिमा हुनुहुँदैन । ″हैन, हैन, म यो गर्न चाहन्छु, तर…″ यही ′तर′ अनिच्छा हो । तपाईंले यो ′तर′ सित काम गर्नुपर्छ । यो ′तर′ लाई हटाउनको लागि तपाईंले आफ्नो जीवनलाई स्पष्ट रूपमा हेर्नुपर्छ— आखिर, तपाईँ यहाँ किन हुनुहुन्छ ?

यदि तपाईंले आफ्नो शरीर, श्वास, हृदय, कलेजो वा मिर्गौलालाई अनिच्छुक बनाउनु भएको भए, तपाईँ मर्नुहुने थियो । तपाईंको जीवनको लागि अत्यावश्यक पर्ने चीजहरूलाई प्रकृतिले आफ्नो हातमा राखेकी छिन् । प्रकृतिले तपाईंको हातमा एउटा सानो चीज थमाएकी छिन्, तर त्यसलाई समेत तपाईं अस्तव्यस्त पार्न चाहनुहुन्छ । तपाईंसँग यो मन छ, जहाँ तपाईँ केही गर्न सक्नुहुन्छ । तपाईं यसलाई जीवनको प्रक्रियाप्रति कि त इच्छुक बनाउन सक्नुहुन्छ वा अनिच्छुक । अरू सबै चीजहरूको सन्दर्भमा तपाईंसँग कुनै विकल्प हुँदैन, यसै पनि ती स्वतः इच्छुक छन् ।

म तपाईंको निम्ति समस्त अस्तित्व सम्हाल्ने छु, तर यो एउटा चीज— आफ्नो मन— लाई तपाईँ आफैँले सम्हाल्नुपर्छ । तपाईंको मन अनिच्छाको स्थितिमा हुनुहुँदैन । ″हैन, हैन, म यो गर्न चाहन्छु, तर…″ यही ′तर′ अनिच्छा हो । तपाईंले यो ′तर′ सित काम गर्नुपर्छ । यो ′तर′ लाई हटाउनको लागि तपाईंले आफ्नो जीवनलाई स्पष्ट रूपमा हेर्नुपर्छ— आखिर, तपाईँ यहाँ किन हुनुहुन्छ ?

यो यस्तो प्रश्न हो, जुन थुप्रै मानिसहरू उपेक्षा गर्छन्— एक पलको लागि पनि आफूमाथि यो प्रश्न तेर्स्याउँदैनन् । यदि तपाईंले आफ्नो निम्ति केही समय निकाल्ने हो भने— यदि तपाईँ परिवारका सदस्यहरूबाट टाढै रहेर, टिभी वा किताबमा नभुलीकन अथवा यहाँ सम्म कि झ्यालबाट बाहिर नहेरीकनै २४ घण्टासम्म यत्तिकै चुपचाप बस्नुभयो भने, यो प्रश्न तपाईंसामु विशाल रूपमा प्रकट हुनेछ, ″आखिर मेरो अस्तित्व के हो ?″ तपाईँ यसलाई बेवास्ता गर्न सक्नुहुन्न ।

तर, तपाईं आफ्नो लागि अलिकति पनि समय निकाल्नुहुन्न । संसारलाई तपाईंको कामको आवश्यकता भएर तपाईंले आफूलाई व्यस्त राख्नुभएको होइन । तपाईं चाहे जोसुकै भए पनि, तपाईँबिना संसार चल्न सक्छ । तपाईं र मबिना यो संसार चल्न सक्छ । संसारलाई खाँचो भएकोले तपाईंले काम गरिरहनु भएको होइन तपाईंले काम गर्नुको कारण के हो भने, तपाईंमा केही न केही गर्नैपर्ने बाध्यात्मक प्रवृत्ति छ । तपाईं यसलाई रोक्न सक्नुहुन्न । यसो कोसिस गरेर हेर्नुहोस् तपाईंले आफ्नो शरीर र मनमा जे९जति गरिरहनु भएको छ, के तपाईँ ती सबैलाई रोक्न सक्नुहुन्छ ?

बाध्यात्मक रूपमा केही गर्नु भनेको छुकछुके बाँदर जस्तो व्यवहार गर्नु हो । मनुष्यको प्रकृति भनेको त सचेत भई सक्रिय हुनु हो— अर्थात्, आवश्यकता अनुरूप कार्य गर्नु । हामीले संसारमा गर्नैपर्ने थुप्रै कामहरू छन्, तर कसैलाई पनि त्यसमा चासो छैन । थुप्रै मानिसहरू केही गरेझैँ देखाउनको लागि मात्रै काम गर्न रुचि राख्छन् । यसले कुनै पनि रूपमा मानिसहरूको जीवनलाई समृद्ध बनाउँदैन ।

फ्नै जीवनलाई हेर्नुहोस् तपाईंले जहिलेदेखि काम गर्न सुरु गर्नुभयो, तपाईँ बढी खुसी हुनुभएको छ वा झन् कम । त्यही जागिर पाउनु तपाईंको सपना थियो । दश वर्षसम्म काम गरिसक्दा, के तपाईँ पहिलेभन्दा झन् बढी आनन्दित व्यक्ति हुनुभएको छ ?

आफ्नै जीवनलाई हेर्नुहोस् तपाईंले जहिलेदेखि काम गर्न सुरु गर्नुभयो, तपाईँ बढी खुसी हुनुभएको छ वा झन् कम । त्यही जागिर पाउनु तपाईंको सपना थियो । दश वर्षसम्म काम गरिसक्दा, के तपाईँ पहिलेभन्दा झन् बढी आनन्दित व्यक्ति हुनुभएको छ ? अधिकांश मानिसहरूको जवाफ हुन्छ, ″अहँ छैन ।″ यसलाई मनन गर्नुहोस् ″मेरो जीवनको प्रकृति के हो ? आखिर मैले चाहिरहेको कुरा के हो ?″ यदि तपाईंले यसलाई गहिरिएर हेर्नुभयो भने, तपाईँ जीवनसँग जोडिनु हुनेछ, अर्को कुनै तरिका छैन । तपाईँ जोडिनै पर्ने हुन्छ ।

तपाईं वास्तवमा जो हो, यदि त्यसलाई जान्नको लागि तपाईँ साँच्चिकै इच्छुक हुनुहुन्छ भने, यदि तपाईंभित्र त्यसप्रति गहिरो इच्छा छ भने, तपाईँ जोसुकै भए पनि, जहाँसुकै रहेपनि, म तपाईंसँगै हुनेछु । तपाईंले आफ्नो परम वा वास्तविक खुसियालीमा ध्यान दिनुपर्छ । यदि तपाईंले यो जीवनले वास्तवमै के चाहिरहेको हो भन्नेप्रति ध्यान दिनुभयो भने, तपाईँ अवश्य जोडिनु हुनेछ ।

–सदगुरुको प्रवचनमा आधारित

यो पनि पढ्नुहोस् :
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट
नेपालमा अंगदान र चुनौती
यस्तो छ अंगदानको कानूनी प्रकिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested