जागिर दिने धन्दामा विद्यार्थी पर्छन् फन्दामा



नयाँ बसपार्कको सडकपेटी । मफलरले ढपक्क मुख ढाकेर उभिएकी एक अधवैंसे महिला । हातमा गुलाबी रङका पर्चा । पैदल यात्री सबैलाई पर्चा हातमा थमाउने काम । पर्चाको शिर्षक छ– कर्मचारी तु आवश्यकता, १२ देखि २५ हजार रुपैयाँ तलब ।

११ देखि ५ बजेसम्म काम, खान/बस्नको सुविधा । कसैले सोधिहाल्यो भने भन्छिन्, ‘साँच्चै हो, पक्का । हामीले ३ सय रुपैयाँमै काम दिन्छौं, अरु ठाउँमा त यो भन्दा बढी लिन्छ ।’ रोजगारी नपाएर भौंतारिएका युवायुवतीलाई त्यो पर्चा र त्यस्ता आश्वासनले छिनमै लोभ्याइदिन्छ । ठूलो सपना बोकेर पर्चामा दिइएको सम्पर्क नम्बरमा फोन गर्दै युवायुवतीहरु ‘जब सेन्टर’को दैलोमा पुग्छन् । त्यहाँ पुगेपछि उनीहरु ठगिने क्रम सुरु हुन्छ ।

करिव एक वर्ष अघि कन्चनपुरका जित चौधरी मनमा अनेक रहर सजाउँदै काठमाडौं झरे । भर्खरै १२ कक्षा उत्तिर्ण गरेका चौधरीका लागि यहाँको भूगोल, परिवेश सबै नौलो थियो । उनी कोरियन भाषा पढेर दक्षिण कोरिया उड्ने सपना लिएर आएका थिए । कोटेश्वर बसेर भाषा सिक्दै थिए । आर्थिक संकट पर्दै गएपछि केही काम गर्ने मनसायमा बनाए । नजिकका साथीभाई, आफन्तलाई कतै काम बुझिदिन आग्रह गरे, तर पाएनन् । एकदिन कोटेश्वरमा जागिरको सुवर्ण अवसर भन्दै कर्मचारी माग गरिएको सूचना देखे । जसमा लेखिएको थियो, ‘एक हप्ताभित्र पायक पर्ने ठाउँमै जागिर पक्का’ । तुरुन्तै पर्चामा दिइएको सम्पर्क नम्बरमा फोन गरे । जब सेन्टरको कार्यालय स्वयम्भू पुगे ।

त्यहाँ पुगेपछि उनको नागरिकतासहित शैक्षिक योग्यताको सक्कली प्रमाणपत्र मागियो । जागिर पाइने आशमा उनले सक्कली कागजातको साथमा ५ हजार रुपैयाँ शुल्क पनि बुझाए । करिव एक हप्ता तालिम भयो । तालिम नाममात्रको थियो । सधैं एउटै कुरा दोहा¥याइन्थ्यो । तर, जागिर पाउने आशाले जितलाई जितेकै थियो । यद्यपि, तालिम सकिएको १५ दिन बितिसक्दा पनि कुनै प्रतिक्रिया आएन । त्यसपछि कार्यालयमा पुगे । जागिरका बारे त्यहाँका कर्मचारी आनाकानी गर्न थाले । चौधरीले आफ्नो पैसा र प्रमाणपत्र फिर्ता मागे । प्रमाणपत्र पाए तर, पैसा भने ५० प्रतिशतमात्र फिर्ता पाए ।

समाज गतिशिल हुन्छ । परिवर्तित समाजमा पैसा कमाउने मनसायले मानिसहरु नकारात्मक काममा संलग्न भएको देखिने समाजशास्त्री शिला बस्नेत बताउँछिन् । ‘

कलंकी बस्ने नुवाकोटकी १८ वर्षीया सीता दाहाल (नाम परिवर्तन) । भर्खरै कक्षा १२ उत्तिर्ण गरेकी सीता पनि जागिरकै लागि भौंतारिरहेकी थिइन् ।

गोंगबुमा हिंड्दै गर्दा एक अपरिचित व्यक्तिले उनलाई जागिरे पर्चा दिए । उनले पनि तुरुन्तै उपलब्ध नम्बरमा फोन गर्छिन् । पर्चामा कार्यालय र व्यक्तिको नाम खुलाएको थिएन । तर, फोनमा एक पुरुषले सामाखुशी चोकमा रहेको एउटा भवनको तेस्रो तल्लामा जान भने । तर, उनले आफ्नो नाम बताउन चाहेनन् । सीता जागिर पाउने अभिलाषा बोकेर उक्त भवनको सिँढी चढ्दै तेस्रो तला पुगिन् ।

कम्पनीमा कार्यरत कमल नेपाल नाम गरेका व्यक्तिले उनलाई फुस्ल्याउन थाल्छन् । कम्पनीले कस्मेटिक सामानलाई बिक्री वितरण गर्दै आएको र त्यसैमा काम गर्नुपर्ने सीतालाई सुनाउँछन् । यतिबेलासम्म उनी प्रफुल्ल नै थिइन् । जब कमलले जागिरका लागि आवेदन शुल्क तीन सय रुपैयाँ र नागरिकतासहित शैक्षिक योग्यताको सक्कली प्रमाणपत्र कार्यालयमा बुझाउनुपर्ने सुनाए । अनि सीताले पनि कमललाई प्रतिप्रश्न गर्दै गइन् । कमल जवाफ दिन नसक्ने अवस्थामा पुगे । त्यसपछि माथिल्लो तलामा अर्को कम्पनी रहेको भन्दै पठाउँछन् । उनलाई फारम भर्न लगाइयो । दोधार भएपछि उनी फारम नभरी फर्कन्छिन् । त्यहाँबाट उनी फेरि सामाखुशीमै रहेको अर्को ‘जब सेन्टर’ जान्छिन् । त्यहाँ पनि उही पारा देख्छिन् ।

यी दुईजना त प्रतिनिधिमूलक पात्र मात्र हुन् । यसरी दिनदहाडै सहरमा युवा ठगिरहेका छन् । पत्रपत्रिकाका वर्गिकृत विज्ञापनदेखि सामाजिक सञ्जालमा सजिएका जागिरका विज्ञापनले एसईई र प्लस टु पढ्दै गरेका विद्यार्थी लोभिन्छन् । अनि ठगिन्छन् ।

शिला बस्नेत
समाजशास्त्री

‘यस्ता क्रियाकलापले समाजमा अपराधिक घटना बढ्छ,’ भन्छिन्,‘यसलाई कम गर्न पहिले त युवाहरु नै सचेत हुनुपर्छ, साथै सरकारका सम्बन्धित निकायले पनि यसमा गम्भीर हुनुपर्छ ।’

समाज गतिशिल हुन्छ । परिवर्तित समाजमा पैसा कमाउने मनसायले मानिसहरु नकारात्मक काममा संलग्न भएको देखिने समाजशास्त्री शिला बस्नेत बताउँछिन् । ‘यस्ता क्रियाकलापले समाजमा अपराधिक घटना बढ्छ,’ भन्छिन्,‘यसलाई कम गर्न पहिले त युवाहरु नै सचेत हुनुपर्छ, साथै सरकारका सम्बन्धित निकायले पनि यसमा गम्भीर हुनुपर्छ ।’

यतिबेला नेपाली समाजमा पँुजीवाद हाबी भइरहेको समाजशास्त्री योगेशप्रसाद जोशी बताउँछन् । ‘पुँजीवादी प्रतिस्पर्धाका कारण मान्छेले संस्थाको बारे नबुझि कामका पछि–पछि दगुरेका छन्, त्यस्तै केही मान्छे बुझेर पनि यसमा फसेका छन्,’ उनी भन्छन्, ‘आर्थिकरुपले माथिल्लो वर्ग र तल्लो वर्ग बिचको दुरीका कारण यस्ता खालका समस्या समाजमा देखिएका हुन् ।’

योगेशप्रसाद जोशी
समाजशास्त्री

‘पुँजीवादी प्रतिस्पर्धाका कारण मान्छेले संस्थाको बारे नबुझि कामका पछि–पछि दगुरेका छन्, त्यस्तै केही मान्छे बुझेर पनि यसमा फसेका छन्,’

पारिवारिक तथा आर्थिक समस्याका कारण कतिपय व्यक्तिले जसरी पनि आम्दानीको बाटो खोज्छन् । त्यसले गर्दा मानसिक समस्यामा परेको घटना पनि बाहिरिएको उनी बताउँछन् । ‘समाजमा यस्तो समस्या देखिनु भनेको समाज परिवर्तनको पूर्व अवस्था हो भन्न सकिन्छ,’ जोशीले भने ।

जागिर दिएको दाबी

काठमाडौंमा जागिर दिने भन्दै ठगी गर्ने संस्थाहरु च्याउ सरह उम्रिएका छन् । तर, केही संस्थाहरु भने आफूहरुले जागिर दिइरहेको दाबी गर्छन् । जागिरको खोजीमा आउने जोकोहीलाई पनि पायक पर्ने स्थानमा चाहेअनुसार जागिर सुविधा दिएको कान्तिपुर जब सोलुशनमा कार्यरत अस्मिता तामाङ दाबी गर्छिन् । ‘हामीले काम लगाउने हो,’ उनी भन्छिन्, ‘त्यसबापत सेवा शुल्क लिन्छौं त्यसैका लागि सक्कली कागजात राखेका हौं ।’

यसैगरी, नमस्ते अल इन्टरनेशनल कम्पनीका लागि कर्मचारी आवश्यक परेकाले नै पर्चा बाँडेको कम्पनीकी म्यानेजर कमला कौशल बताउँछिन् । ‘हाम्रो जब सेन्टर होइन, हामीलाई कर्मचारी आवश्यक परेकाले पर्चा बाँडेका हौँं,पर्चामा सबै खुलाउन सम्भव हुँदैन,’ उनी भन्छिन्, ‘जसकारणले हामीले नम्बर मात्र राखेर पर्चा वितरण गरेका हौं ।’

अस्मिता र कमलाले दावी गरेजस्तै कतिपय जब सेन्टरहरु कर्मचारी आवश्यक परेको र जागिर आवश्यक परेको दुईपक्षबीच सेतुको काम पनि गरिरहेका छन् । यसले जसलाई कर्मचारी आवश्यक छ,उसले कर्मचारी पाउँछ भने जसलाई जागिर चाहिएको छ,उसले जागिर पाउँछ । यसमा तीनै पक्षलाई लाभ नै छ

बसन्तबहादुर कुँवर
प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक

‘हामीकहाँ जागिरका नाममा ठगिएको उजुरी आएका छैनन्,’ उनले भने, ‘यदि पर्याप्त प्रमाण पुर्याएर कसैल उजुरी दिन्छ भने हामी कारवाही गर्छौं ।’

तर सरोकार के हो भने कतिपय जब सेन्टरको नियत सोझासोझा विद्यार्थीलाई ठगेर अलमलाउने र उनीहरुसँग भएको थोरै पैसा पनि कुम्ल्याउने रहेको पनि पाइएको छ । यस्तो स्थितीमा सरकारले नै जब सेन्टरमाथि अनुगमन गर्नु आवश्यक छ । जसले असल नियतका साथ जब सेन्टर संचालन गरिरहेका छन्, उनीहरु बदनाम नहोउन र जसले केवल ठग्ने नियत राखेर जब सेन्टर संचालन गरिरहेका छन् उनीहरु कार्वाहीको दायरामा आउन् भन्ने तिर सरकारले हेक्का राख्नु जरुरी छ ।

प्रहरीमा पर्दैन उजुरी

सहरमा जागिरका नाममा ठगिएका थुप्रै पात्र फेला पर्छन् । यद्यपि, उनीहरु आफू अन्यायमा परेको कुरा सम्बन्धित निकायसम्म पुर्याउँदैनन् । एक त उनीहरुसँग प्रमाण नुहने र अर्को लाज/डरले गर्दा पनि उजुरी गर्न नआएको हुनसक्ने नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवर बताउँछन् । ‘हामीकहाँ जागिरका नाममा ठगिएको उजुरी आएका छैनन्,’ उनले भने, ‘यदि पर्याप्त प्रमाण पुर्याएर कसैले उजुरी दिन्छ भने हामी कारवाही गर्छौं ।’

तर, रोजगारी पाइने भयो भन्दैमा हतारिएर कुद्न नहुने कुँवरको सुझाव छ । ‘यदि कुनै कम्पनीले जागिरका लागि विज्ञापन गरेको छ भने त्यो कम्पनीका बारेमा राम्रो अध्ययन गरेर मात्रै जानुपर्छ,’ उनले भने, ‘सक्कली प्रमाणपत्र माग्यो भन्दैमा दिनु हुँदैन, किनकी त्यसको दुरुपयोग हुन सक्छ ।’

यसरी खुलेआम युवावर्ग लुटिनुमा सरकार कमजोर रहेको बुझिने समाजशास्त्री बस्नेत बताउँछिन् । ‘कि त सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्यो,’ उनी भन्छिन्, ‘कि भने रोजगारी दिने संस्थाबारे बुझ्ने संयन्त्र खडा गर्दिनुपर्यो ।’

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार
हामी सबैको योमरी



...
त्रिविको परीक्षा स्थगित - Mero LifeStyle Mero LifeStyle

[…] विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूलाई नै कोरोना संक्रमण भएकाले ९ माघदेखि अर्को सूचना जारी नभएसम्मका लागि त्रिविले सञ्चालन गरेका वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू स्थगित गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । […]

...
यसरी बनाइँदै छ माघेसंक्रान्तिका लागि चाकु (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ […]

...
विद्यार्थीले कागजीरूपमा धेरै पाए, तर व्यवहारमा भएन लागू « Mero LifeStyle

[…] पनि…जागिर दिने धन्दामा विद्यार्थी पर्छन्…त्रिविका विद्यार्थीले यी अस्पतालबाट […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त

कोरोना भाइरस संक्रमणको असर नेपालमा देखिन थालेको छ। हप्ता दिनयता नेपालमा संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ। मंगलबार २२

Suggested