English

अन्तरजातीय विवाह: युवती घरमै, युवक बेपत्ता



हुम्लाका एक युवकलाई केटी पक्षका आफन्तले अन्तर जातीय विवाह गरेकै कारण कुटपिट गरी बेपत्ता बनाएको आरोप लगाएका छन् ।

हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरे । तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप लागेको छ ।

गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवा्ले आरोप लगाएका छन् ।

ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीनदिनदेखि बेपत्ता पारेको आरोप चन्द्रेका बुवा धनजय कामीले लगाएका छन् ।

केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । युवकको भने खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । उनका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजीकार्य थालिएको हो ।

गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए । २९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताए । छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उनले गुनासो गरे ।

छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफुले १ पुसमा प्रहरीलाई जानकारी गराएको उनले बताए । छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफुले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताए ।

यो पनि पढ्नुहोस्
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो