English

महाभारतको युद्धमा यी ६ महान योद्धा सामेल बनेका भए के हुन्थ्यो ?



यस्ता धेरै योद्धा थिए, जो महाभारतको युद्ध वा कुरुक्षेत्रको युद्धमा भाग लिनबाट वञ्चित भए । यो पनि भन्न सकिन्छ कि श्रीकृष्णको नीतिका कारण यस्तो भएको थियो । यदि यी योद्धा युद्धमा हुन्थे भने महाभारतको युद्ध नै परिवर्तन हुन्थ्यो । युद्ध परिवर्तन गर्न सक्ने ६ योद्धाबारे जानौं ।

जरासन्ध

जरासन्ध यदि महाभारतको युद्धमा हुन्थे भने युद्धको स्वरूप केही परिवर्तन हुने थियो । तर श्रीकृष्णले युद्ध हुनुभन्दा अगाडि नै केही महान योद्धा मध्येका एक जरासन्धलाई पनि मार्ने साेंच बनाइसकेका थिए । जरासन्धलाई मार्न धेरै गाह्रो थियो । तर, उनले पहिल्यै भीमलाई शत्रु सुम्पिएका थिए ।

शिशुपाल

शिशुपाल पनि धेरै शक्तिशाली योद्धा थिए । श्रीकृष्णले पहिल्यै उनका एक सय अपराध क्षमा गर्ने, अरु सह्य नहुने प्रण गरिसकेका थिए । शिशुपाल रुक्मिणीसँग विवाह गर्न चाहन्थे । रुक्मिणीका भाई रुक्मका उनी परम मित्र थिए । रुक्म आफ्नी दिदीको विवाह शिशुपालसँग गर्न चाहन्थे भने उनका मातापिता छोरीको विवाह श्रीकृष्णसँग गर्न चाहन्थे । जब रुक्मले शिशुपालसँग विवाह गर्ने तयारी शुरु गरे, त्यहीबेला कृष्णले रुक्मिणीलाई भगाएर लगे । त्यही बेलादेखि शिशुपाल कृष्णका शत्रु भए ।

एकलव्य

महाभारतकालमा प्रयाग (इलाहबाद) को तटवर्ती प्रदेशमा सुदूरसम्म फैलिएको श्रृंगवेरपुर राज्य निषद्राज हिरण्यधनुको थियो । गंगाको तटमा अवस्थित श्रृंगवेरपुर सुदृढ त्यसको राजधानी थियो । हिरण्यधनुको मृत्युपछि त्यहाँ एकलव्यले राज्य गरे । विष्णुपुराण तथा हरिवंश पुराणका अनुसार एक्लव्य आफ्नो बिस्तारवाद सोंचले जरासन्धसँग मिलेका थिए । एक पटक जरासन्धसँग मिलेर उनले मथुरामा युद्ध गरेका थिए । पछि श्रीकृष्णसँगको युद्धमा उनी मारिए ।

बलराम

भगवान् श्रीकृष्णका दाई बलरामले श्रीकृष्णलाई आफू युद्धमा सहभागी नबन्ने भनेका थिए । किनभने दुर्योधन र अर्जुन दुवै जना मित्र थिए । यस्तो धर्मसंकटमा कुनैको पक्ष पनि नलिने उनले निर्णय गरेका थिए । उनले श्रीकृष्ण अर्को पक्षमा भएपछि कसरी म तिमीहरूको पक्षमा आउँछु भनेर दुर्योधनसँग भनेका थिए । किनभने भीम र दुर्योधनले बलरामसँगै गदा सिकेका थिए । उनी दुवै कुरुवंशी एकापसमा लडेको राम्रो नलाग्ने भन्दै तीर्थयात्रामा निस्किएका थिए ।

कालयवन

पुराणका अनुसार जरासन्धले १८ पटक मथुरामा आक्रमण गरेका थिए तर युद्धमा १७ पटक असफल भए । अन्तिम लडाईमा उनले एक विदेशी शक्तिशाली शासक कालयवनलाई पनि मथुरामा आक्रमण गर्न लगाए । कालयवनका सेनाले मथुरालाई घेरे । उनले मथुरा नरेशलाई पत्र पठाएर एक दिनको समय दिए । श्रीकृष्णले उत्तरमा युद्ध कृष्ण र कालयवनको बीचमा मात्रै होस् भन्ने उत्तर पठाए । कालयवनले स्वीकार गरेर कृष्णसँग युद्ध गरे ।
लड्न नसकेर कृष्ण रणभूमि छोडेर भागे । पछि पछि कालयवन दौडिए । कृष्ण भाग्दै एक गुफामा पसे । गुफामा कालयवनले एक मानिसलाई सुतिरहेको देखेपछि लात हाने । लात हानिएको मानिस हेर्नासाथ कालयवन जलेर भष्म भए । गुफामा सुतिरहेका व्यक्ति इक्ष्वाकुवंशी महाराजा मान्धाताका पुत्र राजा मुचुकुन्द थिए । उनी तपस्वी र प्रतापी थिए ।

बर्बरिक

बर्बरिक संसारका सर्वश्रेष्ठ धनुर्धर थिए । उनका लागि मात्र तीन वाण नै युद्ध समाप्त गर्न पर्याप्त थिए । भीमका नाति बर्बरिकले दुवै पक्षको बीचमा उभिएर आफू जताको पक्ष कमजोर बन्छ, त्यतैबाट युद्ध गर्ने घोषणा गरे । यो घोषणाले कृष्ण चिन्तित भए र एक व्राह्मणको भेषमा भिक्षा माग्न गए ।

कृष्णले बर्बरिकसँग दिने भएमात्रै भिक्षा माग्ने भने । त्यसपछि मात्रै कृष्णले उनीसँग भिक्षाको रूपमा उनको शिर मागे । बर्बरिकले आफ्ना पिताको विजयका लागि शिर दिन तयार भए । त्यसपछि कृष्णले उनको शिर काटेका थिए ।

यी बाहेक पनि पौण्ड्रक बासुदेव, नरकासुर जस्ता केही योद्धा थिए, जसले युद्धमा भाग लिएनन् । यदि लिएको भए महाभारतको युद्ध नै अर्कै किसिमको हुन्थ्यो ।



...
Shanon

gear pro steroids References: http://jobs.emiogp.com/author/finegalley41/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested