English

लिङदेन समूहबाट भोट माग्दै विक्रम पाण्डे



राप्रपाको एकता महाधिवेशन गत बुधबारबाट काठमाडौंमा जारी छ । शुक्रबार मनोनयन दर्ता गरिएको छ । कमल थापा र राजेन्द्र लिङ्देन समूह नेतृत्वको प्रतिस्पर्धामा छ । दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन् ।

पाण्डे आफ्नो समूहमा रहेको दुवै समूहले दाबी गर्दै आइरहेका बेला उनी लिङ्देन समूहमा खुलेका हुन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट उपाध्यक्षमा मनोनयन दर्ता गरिएका पाण्डेको लिङ्देन समूहबाट पनि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता भएको थियो । थापा समूहमा नगई पाण्डे अहिलले लिङ्देन समूहबाट भोग माग्न थालेका छन् । योसँगै पाण्डे लिङ्देन समूहमा रहेका स्पष्ट भएको छ ।

लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा। धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।

नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ ।

यो पनि पढ्नुहोस्
कांग्रेसले कस्तो छान्यो ? ‘हाम्रो कि राम्रो ?’

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित
कांग्रेस सुधार्न यस्तो छ रामचन्द्र पौडेलको १० सूत्र
कांग्रेसका १६ जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपछि हुने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested