English

श्री कृष्णका ८० पुत्रको रहस्य, यसरी सकियो यदुवंश !



महाभारतको युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । यो युद्धको ३५ वर्षपछि भगवान श्रीकृष्णले देह त्याग गरेका थिए । त्यही बेलादेखि कलियुगको आरम्भ भएको मानिन्छ । पुराणका अनुसार आठौँ अवतारका रूपमा विष्णुले यो अवतार आठौँ मनु वैवस्वत मन्वन्तरको अठ्ठाइसौँ द्वापरमा श्रीकृष्णको रूपमा देवकीको गर्भबाट आठौँ पुत्रको रूपमा मथुराको कारागारमा जन्म लिएका थिए ।

कृष्णको जन्म भाद्र कृष्णपक्षको रात्रीको ७ मुहूर्त सकिएपछि आठौँ मुहूर्तमा भएको थियो । त्यसबेला रोहिणी नक्षत्र र अष्टमी तिथि थियो । ज्योतिषीका अनुसार उनी राती १२ बजे शुन्यकालमा जन्मिएका थिए ।

कृष्णले आठ जना महिलासँग विधिवत विवाह गरेका थिए । उनीहरूबाट असी पुत्रको जन्म भएको थियो । आठ महिलालाई अष्टभार्या भनिन्छ । उनीहरूको नाम रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा थियो । रुक्मिणीबाट प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेश, सचारु, चरुगुप्त, भद्रचारु, चारुचन्द्र, विचारु र चारु पुत्र जन्मिए ।

त्यस्तै, जाम्बवन्तीबाट साम्ब, सुमित्र, पुरुजित, शतजित, सहस्त्रजित, विजय, चित्रकेतु, वसुमान, द्रविड र क्रतु तथा सत्यभामाबाट भानु, सुभानु, स्वरभानु, प्रभानु, भानुमान, चन्द्रभानु, वृहद्भानु, अतिभानु, श्रीभानु र प्रतिभानु पुत्र जन्मिए ।

कृष्णकी पत्नी कालिन्दीबाट श्रुत, कवि, वृष, वीर, सुबाहु, भद्र, शान्ति, दर्श, पूर्णमास र सोमक तथा मित्रविन्दाबाट वृक, हर्ष, अनिल, गृध्र, वर्धन, अन्नाद, महांस, पावन, वन्हि र क्षुधि जन्मिए ।

लक्ष्मणाबाट प्रघोष, गात्रवान, सिंह, बल, प्रबल, उर्ध्वग, महाशक्ति, सह, ओज र अपराजित, सत्याबाट वीर, चन्द्र, अश्वसेन, चित्रगुप्त, वेगवान, वृष, आम, शंकु, वसु र कुन्ति अनि भद्राबाट संग्रामजित, वृहतसेन, शूर, प्रहरण, अरिजित, जय, सुभद्र, वाम, आयु र सत्यकको जन्म भयो ।

कृष्ण कुलको नाश

गान्धारीको श्रापको कारण भगवान श्रीकृष्णको कुलको नाश भएको थियो । उल्लेखनीय यो छ कि, यदुवंशको नाश गान्धारीको श्रापका कारण मात्रै भएको भने होइन । मथुरा अन्धक संघको राजधानी थियो भने द्वारिका वृष्णीहरूको ।

यी दुवै यदुवंशका शाखा थिए । यदुवंशमा अन्धक, वृष्णी, माधव, यादव आदि वंश चलेको थियो । श्रीकृष्णले मथुराबाट गएर द्वारिकालाई आफ्नो स्थान बनाएका थिए । श्रीकृष्णले द्वारिका पुनः निर्माण गरेका थिए । किनभने उनी चीन जाँदा शिशुपालले द्वारिका नष्ट गरिदिएको थियो । श्रीकृष्ण वृष्णी वंशका थिए । वृष्णीलाई वार्ष्णेय भनियो, जो पछि वैष्णव धर्मले चिनियो ।

एकदिन सारण आदि किशोर जाम्वन्ती नन्दन साम्बलाई स्त्रीको भेषमा सजाएर द्वारका नजिक रहेको पिण्डारक क्षेत्रमा गए, जहाँ विश्वामित्र, असित, दुर्वार्सा, कश्यप, वशिष्ठ र नारद आदि ठूला ऋषिहरू मौजुद थिए । त्यहाँ गएर उनीहरूले यी बभ्रुकी श्रीमती भन्दै गर्भवती रहेको बताए । र, सोधे तपाईहरू सर्वज्ञ हुनुहुन्छ, के जन्मिन्छ भन्नुहोस् भन्दै प्रश्न गर्न थाले । ऋषिहरूसमक्ष यस्तो मजाक गर्नाले क्रोध उत्पन्न भयो । र, उनीहरूबाट यदुवंश नाश गर्न एक विशाल फलामको मुसल निस्किने श्राप दिए । त्यसपछि उनीहरू सबै डराए ।

महाभारतको युद्ध सकिएको छत्तीसौँ वर्ष चलिरहेको थियो । तब यदुवंशीलाई तीर्थयात्रा जान भनियो । सबैजना एकत्रित भए । तर केही कुरा नमिलेपछि उनीहरूबीच झगडा सुरु भयो । उनीहरू एकअर्कालाई मार्न थाले ।

श्रीकृष्णले हेर्दाहेर्दै साम्ब, चारुदेष्ण, प्रद्युम्न र अनिरुद्धको मृत्यु भयो । यसलाई मौसुल युद्ध भनिन्छ । यही युद्धमा यदुवंश सकिएको थियो । यो युद्ध कृत वर्माको अपमानका कारण सुरु भएको थियो ।

कृत वर्माले महाभारतको युद्ध लडेका थिए, जसमा जीवित रहेका १८ सदस्यमा उनी पनि एक थिए । उनले दुर्योधनको सहयोग गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती