English

थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल



आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । व्यापारबाट लाभ प्राप्त हुनेछ । सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । स्त्रि जातिबाट प्राप्त हुने सहयोगले तपाईँको कार्ययोजना सफल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । त्यसैले आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिक कार्य आफूभन्दा ठूला व्यक्तिबाट प्राप्त आशीर्वादले अगाडि बढ्नसक्नुहुन्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ ।   

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । आकस्मिक घाटा पनि हुनसक्छ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ ।
 

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मनमा चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रि जातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । घरका महिला सदस्यलाई उपहार दिनु राम्रो हुनेछ ।
 

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्न मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । स्त्रिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अलि होसियारी अप्नाउनु पर्ला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता र भय उत्पन्न हुनसक्छ । यात्राको सम्भावना पनि छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईँलाई विवादबाट हानी मात्र हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन आकस्मिक धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । अनावश्यक यात्राले समय, धन खर्च र मनमा चिन्ता मात्र बढ्ने छ ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला आजको दिन ।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ ।  ग्रहहरु बलवान भएका छन् । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। चन्द्रमा बलबान भएका बेला तपाईँले सोचअनुसारको काम गर्दा सफलता प्राप्त हुन्छ ।  

 
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
अनावश्यक यात्राको प्रस्ताव आउनसक्छ । त्यसैले मीन राशिका जातकले आजको दिन अध्ययन अध्यापन र आफ्नो काममा मात्र ध्यान दिनुहोला । आजको दिन यात्रा गर्दा धन, समय खर्च हुँदा मनमा निराशा छाउने छ । त्यसैले आजको दिन सकेसम्म यात्रा नगर्नुहोला ।  साँझपख शिवालयमा जाँदा मीन राशिका भएकालाई अध्यापन, लेखनमा रुचि बढ्नेछ । अध्येतासँग छलफल गर्दा मनमा प्रसन्नता छाउने छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested