English

घरपालुवा जनावरको स्याहार



डा.शरदसिंह यादव

हामी मध्ये धेरैले घरमा कुकुर, खरायो, सुगा लगायत घरपालुवा जनावर पालेका हुन्छौं । घरपालुवा जनावरहरू मध्ये धेरै रुचाइने र बफादार जनावर कुकुर हो । घरपालुवा जनावरहरू धेरै भएतापनि प्रायः मानिसहरूको रोजाइमा भने कुकुर नै पर्छ ।

कुकुरलाई दिनहुँ घरबाहिर डुलाउन लैजानुपर्छ र ऊसँग खेल्नुपर्छ । कुकुरलाई पनि व्यायमको आवश्यकता हुन्छ ।

घरपालुवा जनावर पाल्नु भन्दा अघि पशु चिकित्सकसँग सल्लाह गर्नुपर्छ । घरपालुवा जनावर पाल्दा १० देखि १५ वर्षको लागि पालिन्छ । त्यसैले, जनावरहरूसंग एक किसिमको भावनात्मक सम्बन्ध पनि बन्छ । घरपालुवा जनावर पाल्दा ती सँग सम्बन्धित केही जानकारी नभई अरुको लहलहैमा लागेर पाल्दा विभिन्न समस्याहरू देखापर्न सक्छ । त्यसैले, जनावर प्रेमी मानिसले घरपालुवा जनावरको विशेष हेरचाह गर्नुपर्छ । कुनै घरपालुवा जनावर वा कुकुर पाल्दा र हेरचाह गर्दा यी पक्षमा ध्यान दिन जरुरी हुन्छ ।

– घरमा कुकुर पाल्दा ठाउँ अनुसारको कुकुर छनोट गर्नुपर्छ । ठाउँ सानो छ भने सानो जातको कुकुर र ठूलो ठाउँ छ भने ठूलो कुकुर पाल्दा हुन्छ ।

– ठूलो कुकुर पाल्दा त्यसलाई समय र हेरचार पनि धेरै चाहिने भएकाले समय र पैसालाई पनि ध्यानमा राखेर कुकुरको छनोट गर्नु उपयुक्त हुन्छ ।

– घरपालुवा जनावर पाल्नु भन्दा अघि पशु चिकित्सकसँग सल्लाह लिनु पर्दछ । यसो गर्दा जनावर पाल्दा हुने विभिन्न समस्याहरू कम हुन्छ ।

– यदि तपाई घरमा सानो कुकुर ल्याउँदै हुनुहुन्छ भने त्यो कम्तिमा पनि ४० दिन कटेको हुनुपर्छ ।

– कुकुरलाई मानिसको खानाले पोषण नपुग्ने हुनाले तिनका लागि बनेको डगफुड नै दिनुपर्छ, जसमा तिनीहरूलाई चाहिने सम्पूर्ण पोषण समावेस हुन्छ ।

– डिएचपीपीआइल, रेबिज, कोरोनालगायत खोप कुकुरलाई ४५ दिनको उमेरबाट दिन सुरु गर्नुपर्छ । खोप लगाएको एक महिनापछि पुनः ती खोपको दोस्रो डोज दिनु पर्छ । यी खोप प्रत्येक वर्ष दिनुपर्छ ।

– कुकुरलाई प्रत्येक तीन महिनामा तौल अनुसार जुकाको औषधी दिनुपर्छ र ६ देखि ७ महिनाको उमेरमा बन्ध्याकरण गराउनु पर्छ ।

– घरपालुवा जनावरको खाने, सुत्ने, घुम्ने लगायतको प्रत्येक दिनको रुटिन निश्चित समयमा तोक्नु पर्छ ।

– कुकुरलाई दिनहुँ घरबाहिर डुलाउन लैजानुपर्छ र ऊसँग खेल्नुपर्छ । कुकुरलाई पनि व्यायमको आवश्यकता हुन्छ ।

– कुकुरलाई विभिन्न संक्रमणहरू बाट बचाउन उसलाई नुहाउने देखि नियमित सरसफाईमा ध्यान दिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested