English

बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’



नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।

चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र विकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र (फिल्म) ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।

निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्रायः सामाजिक र यथार्थपरक हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पाः सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार–संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध प्रस्तुति दिइएको छ ।

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा पुरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?”

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्छन्, “जसले महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”

वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।

वृत्तचित्रको कथा भन्ने शैली बेग्लै छ । यहाँ एक पुरूष (श्रीमान)ले आफ्नो यौन दृष्टिकोणमा कथावाचन गर्छ र यसलाई बिम्बको माध्यमबाट देखाइएको छ । क्रमशः पात्र, प्रवृत्ति र दृष्टिकोण खुल्दै जान्छ र कथित पुरूषत्वमाथि गतिलो प्रहार गरिएको छ ।

यो पनि पढ्नुहोस्
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
१० अभिनेत्री कसको फेसन डिजाइनर को ?
प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?
ऐश्वर्या रायले छोडेका फिल्म, जो ब्लकबस्टर भए
के हाे पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालाे स्पष्टीकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested