English

मोटोपना घटाउन के खाने के नखाने ?



मोटोपना पनि एउटा रोग हो । मोटोपनाको सबैभन्दा प्रमुख कारण आधुनिक जीवनशैली हो । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट बच्न हामीले आफ्नो खानपानमा परिवर्तन गर्न जरुरी छ । त्यसैले मोटोपनाबाट मुक्त कस्तो खाना खाने/नखाने भन्ने बारे चर्चा गरिएको छ :

फलफूल र तरकारी प्रसस्त खाने

मौसमी फलफूल र तरकारी प्रसस्त मात्रामा खानुपर्छ । यिनीहरुमा प्रशस्त मात्रामा पोषक तत्वहरू पाइन्छ र रोगहरूबाट बचाउन मद्दत गर्दछ । आहारमा अधिक प्राकृतिक चीजहरूलाई समावेस गर्नु पर्छ । फलफूल र तरकारीमा पोषक तत्वको साथसाथै एन्टिअक्सिडेन्ट, मिनरल्स, कार्बोहाइड्रेट, प्रोटिन, फाइबर प्रशस्त मात्रामा हुन्छ । यी चिज खाँदा कोलेस्ट्रोल, टाइप–२ मधुमेहको खतरा कम हुन्छ । मौसमी फलफूल र तरकारीमा केमिकल कम हुने सम्भावना हुन्छ ।

मासु कम खाने

केही अध्ययनले मासुको सेवन कम गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको पाइएको छ । त्यसैले मासुको सेवन कम गर्नुपर्छ । आहारमा फाइबरयुक्त खानेकुरा खानुहोस्, जुन सबैभन्दा बढी आवश्यक छ । मासु बिना पनि शरीरको पोषणको आवश्यकता सजिलै पूरा गर्न सकिन्छ ।

धेरै अन्न खाने

जब स्वस्थ्कर खाना खानुहुन्छ, अन्नको छनोट पनि महत्वपूर्ण हुन्छ । जे खानु हुन्छ रासायनिकमुक्त हुनुपर्छ । त्यसैले स्वस्थ्य वस्तुमा अन्न सबैभन्दा पहिले आउँछ किनभने यसमा सबैभन्दा कम रसायनयुक्त चीजहरू प्रयोग गरिन्छ । यो पूर्णतया प्राकृतिक हुन्छ । खानामा ओट्स सहित सम्पूर्ण अन्न समावेश गर्न सकिन्छ । जसले पाचन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसका साथै यसले तौल घटाउन पनि मद्दत गर्छ ।

प्रशोधित र परिष्कृत कार्बोहाइड्रेट खाना कम खाने

परिष्कृत कार्बोहाइड्रेट र प्रशोधित चीजहरू आहारमा कम गर्नुपर्छ । आफ्नो आहारमा जंक फूड र प्याकेट गरिएको खानाको सेवन कम गर्नुपर्छ । धेरैजसो प्याकेटिङ गरिएको फलफूलको जुस र जंक फूडमा धेरै प्रकारका प्रिजर्भेटिभहरू थपिन्छन् । यी चीजहरूमा क्यालोरी धेरै हुन्छ र पोषक तत्वहरू धेरै कम हुन्छन् ।

सोडियम र चिनीयुक्त चीजहरू कम खाने

स्वस्थ जीवनशैलीका लागि आफ्नो आहारमा परिष्कृत चिनी, सोडियम र चिनीयुक्त चीजहरू सीमित गर्नुपर्छ । बिस्कुट, चिप्स, रोटीमा चिनी र सोडियम हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको साथै पेय पदार्थ, सोडा, मिठाई जस्ता खानेकुराको सेवन कम गर्ने । यसको सट्टा, प्राकृतिक फलफूल खाने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested