English

यी हुन् पिसाबमा इन्फेक्सन हुनुको कारण, कसरी जोगिने ?



पिसाब अर्थात् युरिन इन्फेक्सन मुत्रनलीमा हुने संक्रमण हो । पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुन्छ । युरिन इन्फेक्सन दुई प्रकारको हुन्छ पिसाबथैली भन्दा तलको संक्रमण र पिसाब थैली भन्दामाथिको संक्रमण । पिसाबथैली भन्दा तलको संक्रमण भएको छ भने पिसाब गर्न गाह्रो हुने, छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने आदि लक्षणहरु देखिन्छन् । मुत्रथैली माथिको इन्फेक्सनमा ज्वरो आउने, पेट दुख्ने आदि लक्षणहरु देखिन्छ । युरिन इन्फेक्सनको कारण के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा.सुशिल अधिकारीको सुझाव यस्तो छ :

पिसाब पोल्ने कारण

– मधुमेह
– मुत्रनलीको संक्रमण
– कलेजो सम्बन्धी रोग
– लामो समयसम्म पिसाब रोक्नु
– शरीरमा पानीको मात्रा नपुग्नु
– मुत्रमार्गमा संक्रमण
– मृगौलाको पत्थरी

लक्षण

– मुत्राशयमा पीडा हुनु
– पिसाब पोल्नु
– पिसाबको रंग गाढा पहेंलो हुनु
– पटक पटक पिसाब लाग्नु
– पेट दुख्नु
– ज्वरो आउनु

बच्ने उपाय

– प्रसस्त मात्रामा पानी पीउने
– यौनांगको सरसफाईमा विशेष ध्यान दिने
– प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने
– क्यानबेरी जुसले पिसाब सफा गर्ने भएकोले दैनिक रुपमा क्यानबेरी जुसको सेवनले पनि युरिन इन्फेक्सन हुने सम्भावन कम गर्छ ।
– मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानी पिउनु लाभदायी हुन्छ ।
– पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मश अनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्नुपर्छ ।
– अन्य स्वाथ्य समस्याको कारणले पनि युरिन इन्फेक्सन हुने भएकोले कारण पत्ता लगाएर सोही अनुसार उपचार गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested