English

यी हुन् पिसाबमा इन्फेक्सन हुनुको कारण, कसरी जोगिने ?



पिसाब अर्थात् युरिन इन्फेक्सन मुत्रनलीमा हुने संक्रमण हो । पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुन्छ । युरिन इन्फेक्सन दुई प्रकारको हुन्छ पिसाबथैली भन्दा तलको संक्रमण र पिसाब थैली भन्दामाथिको संक्रमण । पिसाबथैली भन्दा तलको संक्रमण भएको छ भने पिसाब गर्न गाह्रो हुने, छिटो छिटो पिसाब लाग्ने, पिसाब पोल्ने आदि लक्षणहरु देखिन्छन् । मुत्रथैली माथिको इन्फेक्सनमा ज्वरो आउने, पेट दुख्ने आदि लक्षणहरु देखिन्छ । युरिन इन्फेक्सनको कारण के के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा.सुशिल अधिकारीको सुझाव यस्तो छ :

पिसाब पोल्ने कारण

– मधुमेह
– मुत्रनलीको संक्रमण
– कलेजो सम्बन्धी रोग
– लामो समयसम्म पिसाब रोक्नु
– शरीरमा पानीको मात्रा नपुग्नु
– मुत्रमार्गमा संक्रमण
– मृगौलाको पत्थरी

लक्षण

– मुत्राशयमा पीडा हुनु
– पिसाब पोल्नु
– पिसाबको रंग गाढा पहेंलो हुनु
– पटक पटक पिसाब लाग्नु
– पेट दुख्नु
– ज्वरो आउनु

बच्ने उपाय

– प्रसस्त मात्रामा पानी पीउने
– यौनांगको सरसफाईमा विशेष ध्यान दिने
– प्रसस्त मात्रामा हरियो सागसब्जी र फलफूलको सेवन गर्ने
– क्यानबेरी जुसले पिसाब सफा गर्ने भएकोले दैनिक रुपमा क्यानबेरी जुसको सेवनले पनि युरिन इन्फेक्सन हुने सम्भावन कम गर्छ ।
– मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त मात्रामा पानी पिउनु लाभदायी हुन्छ ।
– पिसाब पोल्ने समस्या लामो समय रहिरहेमा चिकित्सको परार्मश अनुसार स्वास्थ्य जाँच तथा औषधि उपचार गर्नुपर्छ ।
– अन्य स्वाथ्य समस्याको कारणले पनि युरिन इन्फेक्सन हुने भएकोले कारण पत्ता लगाएर सोही अनुसार उपचार गर्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली