English

यी हुन् निद्रा नलाग्नुका कारण, कसरी जोगिने ?



बिनोद पौडेल, मनोविद्

निद्रा मानव स्वास्थ्यका लागि अति नै महत्वपूर्ण हुन्छ । तर, कतिपय अवस्थामा निद्रा गडबड हुन जान्छ । विभिन्न तनाव, रोग वा अन्य कारणले निद्रा गडबड हुने गर्छ । यसरी निद्रा गडबड हुँदा स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ । त्यसैले निद्रा गडबड हुनुको कारणहरु के के हुन् ? र, यो समस्याबाट जोगिने उपायहरुको विषयमा मनोविद् बिनोद पौडेलको सुझाव यस्तो छ ः
कारण
निद्रा भन्ने बित्तिकै प्राय हाम्रो संंवेगात्मक अथवा मानसिक स्वास्थ्यसँग सम्बन्धित हुन्छ । जब मानिसलाई तनाव, चिन्ता हुन्छ र नकारात्मक कुराहरु मनमा खेल्न थाल्छ त्यसले प्रत्यक्ष असर हाम्रो निद्रामा पर्छ । तनाव जति बढ्दै जान्छन् त्यति नै सुताईमा समस्या हुँदै जान्छ ।
कुनै पनि कुराको क्षति भयो वा गुम्यो भने मानिसको दिनचर्या बिग्रन थाल्छ र चिन्ता बढ्न थाल्छ । जसको कारणले निद्रा नलाग्ने, निद्रा लागि हाले पनि त्यस घटना सम्बन्धित सपनाहरु देख्ने जस्ता समस्याहरु हुन सक्छ । अहिले कोभिडको कारणले पनि मानिसहरु चिन्तित छन् । कोभिडकै कारण व्यापार व्यवसायहरुमा घाटा बेर्होनु परेको छ । पढाई बिग्रिएको छ यी सबै कुराले गर्दा पनि निद्रामा गडबडी भएको छ ।

जोगिने उपाय
– शारीरिक थकान हुने कामहरु जस्तै शारीरिरक कसरत, घरका कामहरु गर्ने
– राम्रो निद्राको लागि शारीरिक थकानको साथ–साथै मानसिक थकान पनि जरुरी हुन्छ । मानसिक थकानको लागि लेख्ने, पढ्ने वा कुनै रचनात्मक कार्यहरु गर्नुपर्छ ।
– ध्यान, योग र प्राकृतिक वातावरण नियाल्ने कार्यहरु गर्दा मन आनन्दित हुन्छ । मनमा शान्ति भयो भने पनि राम्रो निद्रा लाग्छ ।
– मानसिक तनाव, शारीरिक तनावलाई व्यवस्थापन गर्न सकियो भने पनि निद्रामा गडबडी हुँदैन ।
– मनमा भएका पिडा र तनावहरुलाई सम्बोधन गर्न सक्नुपर्छ । के कारणले निद्रा लागेको छैन भन्ने कुरा पत्ता लगाउन सकियो र त्यसको व्यवस्थापन गर्न सकियो भने निद्रा लाग्छ ।
– सुत्नुभन्दा २ घन्टा अघि खाना खाने, सरसफाईमा ध्यान दिने, सुत्न जानु भन्दा अघि चिसो पानीले हातखुट्टा धुने र आफूलाई आनन्द लाग्ने कार्यहरु गर्न सकियो भने पनि यो समस्या कम भएर जान्छ ।
– यी माथिका सबै कुराहरुमा ध्यान दिँदा पनि निद्रामा गडबड भईरह्यो भने परामर्शको लागि पहल गर्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली