English

दसैंमा प्रतिदिन ५ हजार खसी बोका खपत

दसैंको घटस्थापनादेखि नवमीसम्म खसी बोकाको अत्यधिक माग हुने समय हो । यस बेला अरु समय भन्दा एक दिनमै लगभग ५ हजार खसीबोकाको माग हुने गरेको छ ।

दसैंमा मात्रै देशभर ५० हजार खसीबोकाको खपत हुने पशुसेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकाल बताउँछन् । उनका अनुसार देशभर ५ लाख ४९ हजार ३ सय ३२ मेट्रिक टन मासु बर्षेनी खपत हुन्छ । जसमध्ये सबै भन्दा बढी पोल्ट्री, त्यसपछि राँगा र खसी बोकाको मासु खपत हुन्छ ।लाखौँ खपत हुने मासु नेपालमा उत्पादित पशुपंक्षीले मात्र धान्न नसक्ने उनकोे भनाई छ । तर, दुई वर्ष यता कम मात्र बाहिरबाट मासुका लागि पशुपंक्षी आयात हुने गरेको उनको दाबी छ ।

‘नेपालमा ५ लाख ४८ हजार ९ सय ३४ मेन्ट्रिक टन बर्सेनी मासु उत्पादन हुन्छ, विगत ३–४ वर्षको तथ्यांक हेर्दा मासुका लागि बाहिरका पशुपंक्षी कम आयत हुने गरेको छ,’ उनले भने, ‘गत वर्ष ३ सय ९८ मेट्रिक टान मासु मात्र अयात भएको थियो ।’ १ करोड २८ लाख ११ हजार ९ सय ५३ वटा बाख्रा स्वादेशमा उत्पादन हुन्छन् । जसमध्ये लगभग ४२ लाख खसी अर्थात ३०–४० प्रतिशत मासुको लागि प्रयोग हुने उनले बताए ।

कसरी आपूर्ति हुन्छ मासु

खसी बोकाका लागि विभिन्न बाख्रापालन महासंघ, स्थानीय गाउँपलिका, नगरपालिका र बाख्रापालक सहकारीहरुसँग सहकार्य गरी मासु आपूर्ति हुने उनले जानकारी दिए । इटहरी, पोखरा, भरतपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा बाख्रा पालन गरिने भएकाले यही क्षेत्रबाट मात्रै ४० हजारमा बाख्रा उपलब्ध हुने उनले जनाए । बाख्रा पालन महासंघले पनि विभिन्न निकायबाट सहकार्य गरी मासु आपूर्तिमा सहयोग गरिरहेको उनले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागको प्राविधिक टोली र आपूर्ति मन्त्रालय अन्र्तगतको आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समन्वय गरे बजार अनुगमन गरिरहेको उनले बताए । जसमा मासुका लागि बाख्राहरु कहाँबाट ल्याइयो अर्थात ल्याइँदै छ, पशुपंक्षी मासुका लागि स्वस्थ्य छन् वा छैनन् जाँच गरिरहेको छ ।

मासु खपतको तथ्यांक

वि.सं २०६३–६४ को तथ्यांकअनुसार ५ लाखको हराहारीमा मासुका लागि खसी बोका आयत हुने गर्थ्यो । तर, केही वर्ष यता घटेको छ । २०७५–७६ मा २ लाख ०७६–०७७ मा ९ हजार मात्रै आयात भएको उनले जनाए । यस वर्ष गत वर्ष भन्दा कखसी बोकाको आयात बढेको उनले जनाए । ‘ यो आर्थिक वर्षमा १० हजार देखि १२ हजार खसी बोका आयात भएका छन्,’ उनले भने, ‘ति सबै प्रक्रिया पुर्याएर ल्याइएका हुन्, चाडबाडका लागि खसी बोका अझै ल्याउने क्रम जारी छ ।’

मासुको अनुगमन

स्वास्थ्य सेवा विभागको प्राविधिक टोली र आपूर्ति मन्त्रालय अन्र्तगतको आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको समन्वय गरे बजार अनुगमन गरिरहेको उनले बताए । जसमा मासुका लागि बाख्राहरु कहाँबाट ल्याइयो अर्थात ल्याइँदै छ, पशुपंक्षी मासुका लागि स्वस्थ्य छन् वा छैनन् जाँच गरिरहेको छ ।

बाहिरबाट मासुका लागि खसी बोका ल्याउने प्रक्रिया

बाहिरबाट आयत हुने पशुपंक्षीलाई प्रतिबन्ध लगाएको उनले बताए । तर, कसैले नियम पुर्याएर पशुसेवा स्वास्थ्य ऐन अनुसार स्वास्थ्य पशुपंक्षी भएको प्रमाणपत्रसहित भित्र्याएमा अनुमति दिने उनले जनाए ।

यो पनि पढ्नुहोस् :

चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest

Popular
Suggested