शारीरिक सम्बन्ध र लुब्रिकेन्टको चयन
शारीरिक सम्बन्धलाई सहज बनाउन चिप्लो पदार्थ अर्थात् लुब्रिकेन्टको प्रयोग उपयोगी मानिँदै आएको छ । कतिपय महिलालाई यौन सम्बन्धको बेला पीडा महशुस हुन्छ भने लुब्रिकेन्टको प्रयोग उपयोगी हुन्छ ।
यौन विशेषज्ञहरूका अनुसार शारीरिक सम्बन्धको बेला लुब्रिकेन्टको प्रयोग र यसका फाइदाका बारे जानकारी नभएकै कारण पिडादायी हुने गरेको हो । कतिपयले यस विषयमा स्त्रीरोग विशेषज्ञसँग छलफल गर्न समेत लाज मान्ने हुनाले पनि यो समस्या कमै समाधान भएको देखिन्छ ।
प्रायः स्त्रीरोग विशेषज्ञ जल आधारित लुब्रिकेन्टको प्रयोग गर्न सल्लाह दिन्छन् । तेल आधारित लुब्रिकेन्टले कन्डम फुट्ने सम्भावना बढी रहन्छ । परिणामस्वरूप अनिच्छित गर्भको डर पनि रहन्छ भने यौन सङ्क्रमणको खतरा पनि बढ्छ ।
गलत लुब्रिकेन्टको प्रयोग
लुब्रिकेसनका लागि प्रायः दम्पती थुकको प्रयोगलाई सहज मान्छन् । यद्यपि थुक कीटाणुयुक्त हुन सक्छ, जुन सहज रूपमा योनीमा प्रवेश गर्न सक्छ । ब्रस गरेर मुख सफा राखेको छ, मुखमा खानाको कुनै पनि अंश छैन तथा मुखमा कुनै प्रकारको घाउ–खटिरा छैन भने दम्पतीले मुख मैथुनको आनन्द पनि लिन सक्छन् । यद्यपि त्यसमा ब्याक्टेरियल इन्फेक्सनको डर भने हुन्छ नै ।
विशेषज्ञहरूका अनुसार कुनै पनि परिस्थितिमा थुक राम्रो लुब्रिकेन्ट होइन । यसको प्रयोगबाट यौनाङ्गमा हुने हर्पिज, ब्याक्टेरियल तथा इष्ट इन्फेक्सनजस्ता सङ्क्रमण हुन सक्छ ।
फ्लेभर फ्री लुब्रिकेन्टको प्रयोगले एक पटक संसर्ग सुख प्राप्त हुन्छ तर साइड इन्फेक्सनका रूपमा योनिमा सुख्खापनको समस्या देखापर्न सक्छ । समयसँगै योनिमा इन्फेक्सनको समस्या सिर्जना हुन पनि सक्छ । लुब्रिकेन्टमा पेट्रोलियम जेली, नानोजाइनोल–९, प्रोपीलिन ग्लाइकोल तथा क्लोरहेक्सीडाइन ग्लुकोनेट जस्ता पदार्थ नहोस् भन्ने कुरामा ध्यान पु-याउनुपर्छ ।
थरी थरीका लुब्रिकेन्ट
जल आधारित लुब्रिकेन्ट
यस प्रकारको लुब्रिकेन्ट पेट्रोकेमिकल रहित, ग्लिसिरिनरहित एवं प्याराफिन रहित हुन्छ । यस प्रकारको लुब्रिकेन्ट लामो समयसम्म टिक्दैन । त्यसैले पुनः प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो लुब्रिकेन्टका साथमा कन्डमको तालमेल राम्रो हुन्छ ।
सिलिकन आधारित लुब्रिकेन्ट
सिलिकनमा आधारित लुब्रिकेन्टको प्रयोग यौन सम्पर्कका बेला पनि गर्न सकिन्छ । यस्तो लुब्रिकेन्टले योनिलाई लामो समयसम्म चिल्लो बनाइ राख्छ ।
फ्लेभर लुब्रिकेन्ट
यो लुब्रिकेन्टले यौन सम्बन्धमा नयाँ अनुभव प्रदान गर्छ । तर यसले पछि गएर यौनाङ्ग पोल्ने समस्या पनि निम्त्याउन सक्छ ।
तातो–चिसो लुब्रिकेन्ट
यस प्रकारको लुब्रिकेन्टले तत्कालका लागि नयाँ अनुभव प्रदान गर्छ तर पछि गएर यौनाङ्ग पोल्ने समस्या देखा पर्न सक्छ ।
frieftKar
Our in vitro study with CK19 isolated cells Figure 5E and Supplementary Figure S9A, S9B as well as our previous studies utilizing an in vivo colon carcinoma cancer model 40 provide strong evidence that hypoxia could contribute to the positive selection cancer cells at the injury site best price cialis