English

यी हुन् मुख तथा जिब्रोमा घाउ आउँदा निको पार्ने घरेलु उपाय



कहिलेकाहीँ मुखमा साना बिमिरा, मसिना सेता खालका फोकाफोकी देखिने गर्छ । मुखभित्र, जिब्रो, गिँजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ । त्यस्तै योे समस्या बढेर जटिल भई घाउ ठूलो र गहिरो भएर खान बोल्नै नसक्नेसम्म पनि हुनसक्छ । त्यसैले मुखमा यस्ता खटिराहरु आउने कारणहरु के–के हुन् ? र, यसको उपचारको विषयमा वरिष्ठ आयुर्वेद विज्ञ डा.श्यामबाबु यादवको सुझाव यस्तो छ :

मुखमा घाउ–खटिरा किन आउँछ ?

खासगरी शरीरमा पोषणको कमी भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने बानीले पनि यस्तो समस्या आउन सक्छ । साथै, सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच, पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ । त्यस्तै, खाद्य विषाक्तता, सुर्ती–पान मसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।

समानधानको लागि घरेलु उपाय

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
– बढी चिल्लो, पिरो नखाने
– हल्का उम्रेको गेडागुडी बिहान खाने
– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
– धुम्रपान,मद्यपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने
– कब्जियत हुन नदिने
– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
– माथिको घरेलु उपायले निको नभएको खण्डमा अस्पताल गएर चिकित्सकको सल्लाह लिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,