English

खल्लो भयो, चियापान



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलवार आयोजना गरेको चियापान कार्यक्रम खल्लो भएको छ । आफ्ना आसेपासे र गुटका मात्रै कार्यकर्ता सहभागी भएपछि अध्यक्ष ओलीको चियापान खल्लो भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा खासगरी पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनि उपाध्यक्ष वामदेव गौतम पक्षका नेता कार्यकर्ता अनुपस्थित रहे ।

त्यस्तै, उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीमप्रसाद आचार्य र योगेश भट्टराईले पनि चियापान कार्यक्रम बहिष्कार गरे । सहभागीहरूका अनुसार पार्टीका झण्डै ५० प्रतिशत केन्द्रीय नेताहरू समेत अनुपस्थित रहे ।

उपाध्यक्ष गौतमले चियापानकै समय विहान ११ बजे आफ्नो समूहको भेला राखेर चियापान कार्यक्रम बहिष्कार गरेको सन्देश दिए । गौतम हाल पार्टी एकता राष्ट्रिय अभियान नामक संगठन खोलेर सक्रिय छन् । नेता खनाल–नेपालले आफ्ना कार्यकर्तालाई चियापानमा नजान निर्देशन दिएको समाचार यस अघि नै सार्वजनिक भइसकेको थियो । र, यो समूहले पनि आजै २ बजे पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दियो । खनाल–नेपाल पक्षको राष्ट्रिय भेला चैत ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

चियापान कार्यक्रम सवैजसो ठूला पार्टीहरूले वार्षिक रूपमा गर्दै आएका छन् । आज प्रधानमन्त्रीले गरेको चियापान नियमित होइन र पार्टी भित्रकालाई मात्र हो । तर, सोही कार्यक्रममा समेत पार्टीका धेरैजसो ठूला नेता अनुपस्थित रहेपछि प्रधानमन्त्री आक्रोशित हुन पुगे । गुटगत भेला आयोजना गर्ने खनाल, नेपाल र गौतमलाई कारवाही गर्ने सम्मको चेतावनी दिए, चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले ।

सौहार्द्रता, एकता वा मिलाप बढाउन आयोजना गरिएको चियापान अन्ततः विभाजनको रेखा प्रष्ट्याउन गरिएझैं भएपछि खल्लो भएको सहभागीहरूको अनुभव रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested