English

खल्लो भयो, चियापान



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलवार आयोजना गरेको चियापान कार्यक्रम खल्लो भएको छ । आफ्ना आसेपासे र गुटका मात्रै कार्यकर्ता सहभागी भएपछि अध्यक्ष ओलीको चियापान खल्लो भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा खासगरी पार्टीका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनि उपाध्यक्ष वामदेव गौतम पक्षका नेता कार्यकर्ता अनुपस्थित रहे ।

त्यस्तै, उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीमप्रसाद आचार्य र योगेश भट्टराईले पनि चियापान कार्यक्रम बहिष्कार गरे । सहभागीहरूका अनुसार पार्टीका झण्डै ५० प्रतिशत केन्द्रीय नेताहरू समेत अनुपस्थित रहे ।

उपाध्यक्ष गौतमले चियापानकै समय विहान ११ बजे आफ्नो समूहको भेला राखेर चियापान कार्यक्रम बहिष्कार गरेको सन्देश दिए । गौतम हाल पार्टी एकता राष्ट्रिय अभियान नामक संगठन खोलेर सक्रिय छन् । नेता खनाल–नेपालले आफ्ना कार्यकर्तालाई चियापानमा नजान निर्देशन दिएको समाचार यस अघि नै सार्वजनिक भइसकेको थियो । र, यो समूहले पनि आजै २ बजे पत्रकार सम्मेलन गरेर राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दियो । खनाल–नेपाल पक्षको राष्ट्रिय भेला चैत ४ र ५ गते काठमाडौंमा हुँदैछ ।

चियापान कार्यक्रम सवैजसो ठूला पार्टीहरूले वार्षिक रूपमा गर्दै आएका छन् । आज प्रधानमन्त्रीले गरेको चियापान नियमित होइन र पार्टी भित्रकालाई मात्र हो । तर, सोही कार्यक्रममा समेत पार्टीका धेरैजसो ठूला नेता अनुपस्थित रहेपछि प्रधानमन्त्री आक्रोशित हुन पुगे । गुटगत भेला आयोजना गर्ने खनाल, नेपाल र गौतमलाई कारवाही गर्ने सम्मको चेतावनी दिए, चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले ।

सौहार्द्रता, एकता वा मिलाप बढाउन आयोजना गरिएको चियापान अन्ततः विभाजनको रेखा प्रष्ट्याउन गरिएझैं भएपछि खल्लो भएको सहभागीहरूको अनुभव रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती