English

कोरोना अपडेट : ८०५ सङ्क्रमित थपिए, ९११ जना निको



नेपालमा पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६७२ जनामा कोरोना परीक्षण गर्दा ८०५ जनामा सङ्क्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार ९४२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । हाल देशभर ३२९ जना सघन उपचार कक्ष ९आइसियु०, ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।

आज ५७ हजार १५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested