English

यी हुन् कान दुख्नुका कारण, कसरी बच्ने ?



मानव शरीरको महत्वपूर्ण अंग मध्ये एक हो – कान । यद्यपि, धेरै मानिसमा कान दुख्ने समस्याले हैरानी बनाएको छ । धेरैले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । तर, कान दुखाई केहि समय वा लामो समयको लागि रहन सक्छ । यसको पीडा हल्का र बढी पनि हुन सक्छ । कानमा संक्रमण बाहेक, कान दुखाईका अन्य कारणहरू पनि छन् । त्यसैले यहाँ कान दुख्नुका कारण र बच्ने उपायका बारे नाक कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलको सुझाव यस्तो छ :

कान दुख्ने कारणहरु

– हाम्रो टाउकोमा नाकदेखि कानसम्म जोड्ने एउटा नली रहेको हुन्छ, विविध कारणवस उक्त नली ब्लक भएमा
– नाक, कान तथा घाँटीको ब्याक्टेरिया संक्रमण भएमा
– कान पाक्ने समस्याले गर्दा
– कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने
– कानको सम्पूर्ण भागको नलीमा रहेको मासुको संक्रमण भएको खण्डमा
– कानमा फोहोर जम्मा भएमा
– कानभित्र पानी पसेमा
– कानमा किरा वा अन्य कुरा पसेमा
– बारम्बार कान कोट्याउने बानी
– रुघाखोकी
– टन्सिल
– खाने नलीमा संक्रमण
– कान तथा घाँटीको नशामा समस्या
– गर्धनको दुखाई
– बेस्सरी सिँगान पुछ्दा वा सिँ–सिँ गर्दा
– खाने नलीको क्यान्सर
– वातावरणीय चाँप–उकालो चढ्दा तथा ओरालो झर्दा कानको जाली टाँसिएर पनि कान दुख्छ ।

बच्ने उपाय तथा उपचार

– कानमा तेल, दुध तथा तुलसी पत्ताको रस जस्ता तरल पदार्थहरु नहाल्ने ।
– रुघाखोकीको उपयुक्त उपचार र हेरचाह गर्ने ।
– कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।
– जेले भेट्यो त्यहीले कान कोट्याउन वा कानेगुजी निकाल्ने काम नगर्ने ।
– कानलाई फोहोर मैलाबाट जोगाउने ।
– रुघाखोकी लागेको बेला होस् या अन्य समयमा धेरै सिँ–सिँ नगर्ने ।
– चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि प्रयोग नगर्ने ।
– अस्पताल गएर चिकित्सकको सल्लाहमा मात्र औषधिको सेवन गर्ने ।
– नाक तथा घाँटीको समस्याले पनि कान दुखेको हुन सक्छ त्यसैले उपचारको लागि अस्पताल जाँदा कान सँगै नाक र घाँटीको पनि जाँच गराउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested