English

बिहान उठ्ने बित्तिकै भुलेर पनि नखानुस् यस्ता खानेकुरा



स्वस्थ रहन हामीले धेरै प्रयत्न गरिरहेका हुन्छौँ । जसका लागि व्यायाम गर्छौं, सन्तुलित भोजन खाने कोशिस गर्छौं । तर, कुन खानेकुरा कतिबेला खाने भन्ने जानकारी नहुँदा यसले शरीरमा प्रतिकुल असर गरिरहेको हुन्छ । अझै, खाली पेटमा सुरुमा के खाने भन्ने कुराको जानकारी नहुँदा धेरै मानिसको स्वास्थ्य अवस्था बिग्रन्छ । त्यसैले यहाँ खाली पेटमा खान नहुने खानेकुराका बारेमा चर्चा गरिएको छ :

मसालेदार चिल्लो पिरो भोजन

जतिसुकै भोक लागोस् तर, खाली पेटमा चिल्लो पिरो र मसालेदार खाना खानु हुँदैन । यसमा हुने प्राकृतिक अम्लले पेटको पाचन क्षमता बिगार्छ । यसले पेट दुख्ने समस्या बढाउँछ ।

लेमन सोडा

लेमन सोडा भन्दा राम्रो सफ्ट पेय पदार्थ अरु छैन । यसमा चिनी पनि राख्नुपर्दैन । सोडा, पानी, कागती र बरफलाई मिलाएर एक रिफ्रेशिंग पेय पदार्थ बन्दछ । यसमा पोटासियम र इलेक्ट्रोलाइट पनि मिलेको हुन्छ । तर, यसमा उच्च मात्रामा कार्बोनेट एसिड पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन । यसलाई खाली पेटमा पिउँदा भने यसले स्वास्थ्यमा समस्या निम्त्याउँछ ।

केरा

खाली पेटमा केरा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा अत्यधिक बढ्दछ । यसले शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा असन्तुलित बनाउँछ । यसर्थ, खाली पेटमा केरा खाँदा ग्यास्ट्रिक एसिडको समस्या बढ्दछ र यसबाट पेटमा गहिरो दुःखाई हुनसक्छ ।

गोलभेँडा

गोलभेँडामा अत्यधिक मात्रामा एसिड हुन्छ । यदि यसलाई खाली पेटमा खायो भने यसले प्रतिक्रिया गर्दछ र पेटमा अघुलनशील जेलको निर्माण हुन्छ, जसले गर्दा पेटमा पत्थर बन्दछ किनकी गोलभेँडा भिटामीन ए, सी, के, फोलेट र पोटासियमको राम्रो स्रोत हो ।

कफी र चिया

खाली पेटमा कफीको सेवन बिष पिएजस्तो हुनसक्छ । किनकी यसमा कैफिन हुन्छ, जसले खाली पेटमा पर्दा ठूलै समस्या निम्त्याउन सक्छ । जसरी कफी पिउनु राम्रो हुँदैन, त्यसरी नै खाली पेटमा चिया पनि नपिउनुहोस् । किनकी चियामा उच्च मात्रामा एसिड हुन्छ । जसले पेटमा पीडा हुनसक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

Latest










Popular
Suggested